| बुधबार, साउन १२, २०८३

गाउ“मै खाता खोलेर मुआव्जा वितरण

दरौंदी ः गोरखाको प्रभु वैंकले बुढीगण्डकी प्रभावितलाई गाउँमै गएर मुआब्जा रकम वितरण गरेको छ । सहिद लखन गाउँपालिका ८ लाँकुरी भञ्ज्याङमा तीनदिन सम्म शिविर राखेर गाउँमै खाता खोलेर मुआव्जा रकम पनि वितरण गरेको हो । यही असार सोमबार, मंगलबार र बुधबार लाँकुरी भञ्ज्याङमा शिविर सञ्चालन गरी मुआव्जा वितरण गरेको वडाअध्यक्ष काशिनाथ अम्गाईले जानकारी दिए । सो क्षेत्रका मुआव्जा पाउनेको सूचीमा नाम भएका चारसय ४८ जनामध्य दुईसय ५१ जनालाई मुआव्जा वितरण गरेको अध्यक्ष अम्गाईले जानकारी दिए । बाँकी एकसय ९७ जनामध्य कतिपय विदेशमा रहेका, कतिपयले साही वैंकको बेनिघाट शाखामा खाता खोली मुआव्जा लिइसकेका अम्गाईले बताए । बाँकी रहेकालाई पनि सोही वैंकको गोरखा शाखामा खाता खोली रकम लिन वैंकले आग्रह गरेको छ । तीन दिने शिविरको व्यबस्थापन वडा कार्यालयले गरेको अध्यक्ष अम्गाईले बताए । मुआव्जा वितरणका लागि वैंकका छ जना कर्मचार िखटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्