
गोरखा कारागार
यदु प्रसाद अधिकारी
कारागार सस्कृत शब्द हो । यसलाई जेल पनि भनिन्छ । संसारमा अपराधीहरुलाई धुन्नका लागि जेल अथवा कारागार बनाउने प्रचलन प्राचिन काल देखि नै चलेको हो । नेपालको सन्दर्भमा बाइसे चौवीसे राजाको पाला पूर्व नै लिच्चवी कालमा नै कारागार बनाएको हुनुपर्दछ । चौवीसे राजाका पालामा अपराधीहरुलाई धुन्ने कोठाहरु हाल सम्म पनि कोटका अवशेषहरुबाट प्रमाणित हुन्छ । नेपाल एकीकरणको सन्दर्भमा गोरखाली र चौबीसेको बीचमा सिरानचोकमा ठूलो युद्ध भयो ।
लमजुङका भत्ति थापालाई गोरखामा ल्याएर भातेकोसीमा थुनेछन् । तत्कालीन रानीले तिनको निधार र फुर्ती देखेर माफ माग्छ भने उसलाई हाम्रो सेनामा काम गर्छ भने जीवनको क्षमा दिनुपर्छ । भक्ति थापाले माफ मागेर गोरखाली सेनामा सम्मिलित भएर नेपालको नाम राखे । बाबुले तिनुपर्ने ऋण नतिरे पछि आदिकवि भानुभक्त आचार्यले कुमारी चोकमा जेलमा बसेर लालखुट्टे उपियाँ कविता व्यङग्यात्मक रुपमा लेखेको पढ्न पाइन्छ । नेपालमा त्यस बेला देखि कारागार राख्ने प्रचलन चर्चा भएको देखिन्छ ।
नेपालमा ७७ जिल्लामा सबैमा कारागार छैनन् होला । एक सय जति कारागार छन होला भनेर अनुमान गर्न सकिन्छ । जेललाई जेलर खाना पनि भनिन्छ । गोरखाको सन्दर्भमा लिच्छविकाल चौवीसे राजाको काल, शाह कालमा बनेको थियो । गोरखाको माझकोट हुदै गोरखा दरबारको टुँडिखेल मुनि कारागार बनेको थियो ।
त्यसलाई पुरातत्व विभागले अधिग्रहण गरेपछि कारागारलाई जिल्ला प्रशासन कार्यालयको तल २०४५ सालमा बनाइएको थियो । यो कारागार ११ रोपनीमा बनाइएको छ । त्यहा बन्दी गृह, सुरक्षाकर्मी आवास, कारागार कार्यालय रहेका छन् । पुरुष बन्दी गृह र महिला बन्दी गृह छुटाछुट्टै बनाइएको छ । कारागारमा पुरुषको लागि ५५ बेड र महिलाको लागि २० वेड हुनुपर्ने भए पनि हाल ९२ पुरुष र आठ महिला गरी सय जना बन्दीहरु रहेको कुरा कारागारा शाखाका प्रमुख गणेश भट्टराईले बताए ।
मानव अधिकारवादी हैसियतले जेलमा अवलोकन गर्न गइरहेको थियो । यस पटक न्यायधीवक्ता आएको समयमा कारागारका कैन्दीहरुसित साक्षातकार गर्ने र जेल भवन अवलोकन गर्ने मौका मिल्यो । जेल साँघुरो हुने नै भयो । तैपनि जेल जीवन विताउनेले पाउनुपर्ने सुविधा र बासस्थान योग्य हुनुनै पर्दछ । त्यहाँको भवन ढुङ्गा र माटो इटाले बनाइइएको हुनाले २०७२ को सालको भूकम्पले चिराचिरा परेर त्यहाँ बस्ने बन्दी र अरु कर्मचारीलाई समेत सधै त्राही माम बनाएको छ ।
कर्मचारीहरु जेलमा जान नमान्ने अवस्था रहेका छ। कारागार आफ्नो साधन नभएको हुनाले विरामी भएका निकै अप्ठारो पर्दे रहेछ । मानिस अनुसार र्शौचालय बन्न थाले. पनि हाल राम्रो शौचालको सुविस्ता रहेनछ् । कैदीबन्दीका लागि खाजा खाने क्यान्टिनको अवस्था सारै दखालाग्दो देखियो । माओावदी द्धन्द्ध कालमा जेलबाट मुनि पर्खालबाट भागेर गएको कुरा जेलब्रेक लेखेर नाइके पूर्व सांसद उमा भुजेलले ख्याति कमाएकी छिन् ।
महिला जेलबन्दीहरुले आफ्नो अपराधलाई स्वीकारी जेल जीवन विताइरहेको देखियो । उनीहरुले अव कैदमुक्त भएपछि घरमा गएर आफ्नो गृहस्थी जीवन विताउने बताए । पुरुष जेलबन्दीहरु भने १८ देखि ३० वर्ष सम्मका धेरै देखियो । कतिपयले अपराध गरेका स्वीकारेका थिए भने कतिपयले त हामीलाई त्यसै परिबन्दमा पारेर जेलमा राख्ने काम गरे भनेर भन्न समेत भ्याए । जाने होस वा नजाने होस उनीहरुले गरेका गल्तीहरुलाई अदालतले दूधको दूध, पानीको पानी छुट्याउने नै छ, निर्दोर्षी मुक्त हुने नै छन् । जेलका कर्मचारी र जेलबन्दीहरुले हाल सम्म गोरखाबाट कयौँ मन्त्री भए, कयौँ सभासद छन् । आज सम्म कुनै पनि भित्र पसेर जेल र बन्दीहरुको बारेमा बुझने काम गरेनन् भनि गुनासो सुनाए ।
एक जना पूर्व प्रदेशमन्त्री जेल गए पनि बाहिर पाँच हजार रुपैया आफ्नो मान्छेलाई दिएर फर्किएको देख्दा सारै दुख लाग्यो भनी गुनासो समेत गरे । नाम मात्रको पुस्तकालय जस्तो लाग्यो । कतिपयले जेलबाट नै पढी परिक्षा दिएर उतीर्ण गरेका छन् । खाड माथि राखिएको पाँच सयजति पुस्तकमा विविध विषय समेटिएको देखियो । पुस्तकहरु सहयोग गर्ने कोही भएका आभारी हुने थियौँ भनेर कैदीबन्दी र जेल प्रकाशले अनुरोध समेत गरे ।
कैदमा खेल्ने सामानहरु अलिकति रहेछन् । मुढा बनाउने सिप भने धेरै नै जानेको देखियो । नाम्लो बुन्ने त थोरै नै छन् होला जेलबाट आर्जन गरेको रुपैया कतिपयले परिवारको लागि पठाएको पनि सुनियो । युगानुकुल जेल निर्माण गरेर सिपमुलक तालिम दिएर बन्दीहरुलाई कष्ट नहुने किसिमको हुनुपर्दछ । भूकम्पले थिलोथिलो परेको कच्ची जेल भवनलाई संघिय सरकारले छिटो निर्माण गनुपर्ने देखियो । बन्दीहरुलाई आधुनिक किसिमका सीपमूलक तालिम दिएर जेलबाट छुटे पछि पनि समाजमा घुलमिल हुने किसिमको अवस्था सिर्जना गर्नुपर्दछ । खानेपानी, शौचालय, पुस्ताकलयको सुविधा हुनुपर्दछ ।
न्यायधीवक्ताले सरकारको दृष्टि परोस् भनी प्रतिवेदन बुझाउने कुरा पनि गरे । नेपालका गोरखाका जेल मात्र नभई देसै भरिका जेललाई नयाँ किसिमबाट बनाई मानव उचित बनाउनुपर्ने देखिन्छ ।
जेल सामान्यतया अपराध धून्ने ठाउँ नै हो तर राजबन्दीहरु कुनै अपराधी होइनन् । राजबन्दीहरुलाई सरकारले सम्मान गरेको पनि देखिन्छ । फौजदारी मुद्धा लागेका व्यक्ति र केही देवानी मुद्धा लागि हर्जना तिर्न नसकेमा व्यक्तिहरुलाई जेलमा राखिन्छ । अपराधी भए पनि मानव अधिकारको दृष्टिले उपयुक्त हुने सुविधा तिनीहरुले पाउनु पर्दछ ।




