| बुधबार, साउन १२, २०८३

कोभिड –१९ र सुरक्षा

बद्री मास्के :

मानव संक्रमणमा आउने भाईरसहरु पहिले पनि नभएका होईनन् । हामिले सुन्ने गरेका थियौ ंकि भाईरल फ्लु (Viral Flu ) ठेउला (Chikenpox) विफर (Smallpox) जनै खटिरा (Herpiszoster) ह्यूम्यान ईम्यूनो डिफिसेन्सी (HIV/AIDS) ह्यूम्यान पेपीलोमा (HPV) हाँडे (Mumps) दादुरा (Measles) Rubella आदीजस्ता भाईरसहरु पहिले पनिथिए ।

तर, ति भाईरसहरु कोभिड – १९ जस्तो छिटो सर्ने र विभिन्न माध्यम वाट सर्ने हुँदैन थिए । तैपनि, एक घरमाथि रोगहरु लागेभने अर्को घरका मान्छेहरु जाँदैन थिए । विफरको रोक थामका लागि गाउँगाउँमा खोपहरु लगाउने चलननै थियो । पछि गएर विफर उन्मुलन भनेर विस्वभरि अभियाननै चलेको थियो । अन्ततः विस्ववाट विफर उन्मुलन भएरै छाडे । यसरि वेलावेलामा विस्वमा कुनैन कुनै संक्रमणले मानवजातीलाई दुःख दिई रहेको देखिन्छ ।
अहिले सन २०२० देखि विस्वलाई कोभिड १९ ले तर्साउनु सम्म तर्साई रहेको छ । कोभिड (१९ नामको भाईरस भनेको के हो भन्ने कुरा सामाजिक सन्जालमा व्यापक भैसकेको हुँदा फेरि यसलाई धेरै कोट्याई रहनु नपर्ला । तर अझै समाजमा विभिन्न किसिमको शंका, उपशंका र उपचारका कुराहरु आईरहेको हुँदा यस वारे जनमानसमा केहि कुरा जानाकारी होस भनि छोट्करीमा छलफल गर्न ठान्दछु । विकसित देसहरु पनि कोभिड –१९ भाईरसवाट आजित भएको देखिन्छ । विस्व बजारमा अहिले भ्याक्सीन लगाउन शुरुगरेको र कतिपय देसहरुमा नियन्त्रणमा आएकोे समाचारहरु आईरहेका छ ।

तर,विस्व सनियता भने अझै पनि कति होभ निशंका र उपशंकाहरु गरिरहेका छन । भ्याक्सीनले ८०/८५% प्रतिशत मात्र काम गर्ने खवरले अझै मानिसहरु तर्सिरहेकै छन । त्यसैले कोभिड –१९ का वारेमा आमना गरिकले मुख्य ध्यान दिनु पर्ने कुरालाई सरल भाषामा जानाकारी दिलाउन प्रयास गरेको छु । हाम्रो शरिर भन्दा बाहिर कोभिड–१९ जस्ता खतरनाक धेरै जिवाणुहरु मानव शंक्रमणका लागि तयार भै बसेका छन । यि सबै जिवाणुहरु शरिर भित्र प्रवेश ग¥यो भने हामिलाई दुुःख दिने मात्र होईन ज्यानै लिन सक्दछन । यस्ता रोगका किटाणुहरु शरिर भित्र प्रवेश गर्ने मुख्य द्वार नाक, मुख र आँखा हुन ।

यसपछि अर्कोे भनेको किराहरु ९क्ष्लकभअत०कोटोकाईवाट शरिरमा किटाणुहरु प्रवेश हुन सक्छन । मान्छेको हातकामको शिलसिलामा सबै ठाउँमा पुग्ने र छुनुपर्ने हुन्छ । धेरैजसो विभिन्न कारणले मानिसहरु नाक, मुख र आँखामा छुनेगर्छन । यसैले जिवाणुहरु नाक, मुख र आँखाद्वारा शरिर भित्र प्रवेश गर्न विशेष गरि हाम्रा हात सहायक हुन्छन ।

यसर्थ हातलाई वेलावेलामा सावुनपानीले धुने र सकेसम्म नांगो हातलाई नाक मुखमान लैजाने गर्नुपर्छ ।
हामि सबैले सुनेका छौं “उपचार भन्दा रोकथाम सबै भन्दा उत्तम उपाय हो (Prevention is better then cure)। रोगहरु लागि सकेपछि शरिरलाई जिर्ण बनाउँछ र शरिरको आयू घटाई दिन्छ । तसर्थ रोग लागेर दुःख पाउनु र उपचारमा खर्च गर्नुभन्दा रोग लाग्नै नदिनु उचित हो । हामिले सामाजिक सन्जालवाट सुनिरहेकै छौं ।

कोभिड–१९ रोगवाट विशेष गरि जेष्ठ नागरिकहरु उम्कन कठिन हुन्छ । बालबच्चाहरुलाई धेरैजसो लक्षणहरुनै देखा परेको हुँदैन । तसर्थ,बढि सतर्क रहनुपर्ने समुह जेष्ठ नागरिकहरु हुन । हाल कोभिड –१९ दोश्रो भेरियण्ट अझै छिटो सर्ने र छिटै सिकिस्त बनाउने गरेको समाचार बाहिर आएको छ ।
हामि जनताहरु आफ्नो ज्यान बचाउन सरकारको मात्र भरपर्नु हुँदैन । आफ्नो ज्यानको सुरक्षा गर्ने जिम्मा हाम्रो पनि हो । चिकित्सक र विज्ञहरुले दिएको शल्लाह नमान्ने, जवर जस्त भिड भाड गर्ने, मास्क नलगाउने, सामाजिक दुरि कायम नगर्ने जस्ता सुझावहरुलाई अटेर गर्नेहरुकै कारण संक्रमण अरुधेरै फैलिरहेको आभाष हुन्छ ।

आफुलार्इ नपरे सम्म मान्छेहरु चेतदैनन् । विज्ञहरु भनिरहेका छन कि सामानहरु वाट पनि कोभिड–१९ सर्न सकछन । कोभिड–१९ को लक्षण नदेखिएका विरामीहरुले उसको ¥यालसिंगान लागेको हातवाट कतिपय सामान र रिलिङ्गहरुमा छोएको हुन्छन । त्यसैवाट पनि दोश्रो व्यक्तिले छुनुको कारण यो रोग सर्न सक्छन ।

तसर्थ समस्त मानव सतर्क हुनुपर्ने बेलामा लापरवाही गर्नु भनेको आफ्नो ज्यानको सुरक्षा नगर्नु हो ।
कोभिड–१९ माहामारीका कारण जनमानसलाई रोगवाट बच्ने उपायहरु राम्रोसंग सिकायको छ । कोभिड–१९ को लागि मात्र होईन, मास्क लगाउनु, हातधुनु, स्यानीटाईजर प्रयोग गर्नु, सामाजिक दुरि कायम गर्नु, तातो पानी प्रयोग गर्नु भनेको सबैजसो रोगहरुवाट बच्नु पनि हो । यो उपायहरु मानव सुरक्षाका लागि फलदायक छन् ।
हामिले धेरैपटक सुनेका छौं, भाईरसको औषधी हुँदैन । यो रोग लागेमा शरिरलाई सहज बनाउन लक्षण अनुसारको उपचार गरिने हुन्छ ।
जस्तैः स्वास फेर्न गाहारो भए अक्शीज नदिने, ज्वोरो आउने टाउको दुख्ने भए पारा सिटामोल खाने, खोकीको औषधी प्रयोग र खान पिनहरु हुन् । मान्छेहरु ज्यादै उछृंखल देखिन्छन् । सार्वजनिक गाडिमा यात्रा गर्नेहरु मध्ये कसैलाई कोरोना छ भने उसको स्वास प्रस्वासवाट गाडि भित्र हावामा संक्रमण फैलिरहेको हुन सक्छ ।

अथवा उसको हातमा कोभिड–१९ को भाईरस रहेको हुन सक्छ । जब उसको हातले यत्रतत्र समातेको हुन्छ, कोभिड–१९ पनि त्यसमा टाँसीयको हुन सक्छ । यसलाई कसैले पनिख्याल गरेको हुँदैन । सरसामानमा पनि चार दिन सम्म कोभिड–१९ रहने हुँदा चारदिन सामानलाई अलग राख्नुपर्छ भन्ने विज्ञहरुको सुझाव छ । अघि पछि बाटोमा हिड्दा पनि अगाडि हिड्ने मान्छे संक्रमीत छ भने उसको पछडि हिड्नेलाई सर्न सक्ने संभावना प्रशस्त हुन्छ ।
तसर्थ जब सम्ममा मानिसहरु आफै सजग तथा सतर्क हुँदैन पशुलाई जस्तो थुन् छेकवाट कोरोना नियन्त्रण हुने संभावना न्यून देखिन्छ ।

तर यसरि गरियको लकडाउनले संक्रमणको चेनब्रेक चाहि पक्कै हुन्छ नै । यसपछि पनि नागरिकहरुमा सचेतना सबैभन्दा महत्वपुर्ण कुरा हो । नागरिक सचेतना कोभिड–१९ को लागिमात्रनभै अन्य कतिपय रोगहरु पनि यसरिनै एक अर्कामा सर्ने गर्छन । बच्नु त अन्य रोगहरु वाट पनि त छ नि । मैले देखेको विकसित देसहरुमा मानव बस्ति वरपर धुलोसम्म नउडोस भनेर पिच अथवा चउर लगाईएको हुन्छ ।

बस्ति वरपर रुखहरु लगाउँछन । साउण्ड पोलुसन नहोस भनेर हर्न लगाउन पाउँदैनन् । पानी र बत्तिको त कुरै भएन, एक छिन मात्र सप्लाई भएन भने ठुलो सजायँ तथा जरिवाना तिर्नु पर्छ ।
त्यसैले हरेक समय स्वस्थ रहनको लागि आफु बस्ने ठाउँको हावा, पानी, आनीबानी,सरसफाई र वातावरणलाई ख्याल राख्नु पर्ने हुन्छ ।

उनिहरु आफ्नो स्वास्थको लागि सबै नागरिक सचेत छन । सानै बाल्यकाल देखिनै यहि शिक्षा प्राप्त गरेको हुन्छ । यहि कारणले बच्चाहरु फोहोर फाल्ने ठाउँ पाउँदैन भने आफ्नै झोलामा वा पकेटमा राखेर हिड्छन । स्वास्थ्य सबैभन्दा ठुलो धनहो, यो सर्व विदितै कुरा हो । तरपनि, कतिपय नागरिकहरु विभिन्न कारणले जस्तैः गरिवि, अशिक्षा, अर्धचेतन, खराब आचरण र खानापानका कारण स्वास्थ्यलाई ध्यान दिदैनन् ।
सचेत नागरिक अर्काको दान लिन लाज मान्छन । आफ्नो महिना भरको आम्दानीलाई महिना भरको आवश्यक खर्च सहित भविष्यको लागि समेत हिसाब गरि बाँडफाँड गर्छन । कोभिड–१९ को संक्रमणले विस्वमा धेरै मानव क्षेती भएको देखे सुनेकै छौं ।
यस संक्रमणलाई रोक्न आफ्नो गाउँ शहरमा संक्रमीत मान्छेको प्रवेश नहोस भनि पिसिआर टेष्ट र क्वारेन्टाईनको व्यवस्था हुनु जरुरी देखिन्छ । एक घरवाट अर्को घरमा आवत जावतु, भिड भाड, सभा समारोह, भोज भतेर आदी संक्रमणको प्रमुख कारण हो ।
हरेक व्यक्ति रोगवाट बच्न सचेत भएमा कोभिड–१९ पक्कैपनि नियन्त्रण हुनेछ । कतिपय देसहरुले कोभिड–१९ छिर्नै नदियको पनि देखिएको छ ।
तसर्थ, नेपाली दाजुभाई दिदि बहिनीहरुमा आफ्नो स्वास्थ्यको लागि सचेत रहन हार्दीक अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्