
पालुङटारको वडा नम्बर १ र ९ सिल
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ र ९ सिल गरिएको छ । नगरपालिकाले सुचना जारी गर्दै ती दुई वडा अर्को सुचना जारी नहुँदा सम्म सिल रहने जनाएको हो ।
गोरखा नगरपालिका १० का ५५ वर्षिय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै नजिक रहेका दुईवटा वडा सिल गरिएको हो ।
ति स्वास्थ्यकर्मीको सम्पर्कमा चेकजाँच गराउन, औषधी लिन पालुङटार १ र ९ का मानिस गएको हुन सक्ने भएकाले कन्ट्याक्ट ट्रेसिङका लागि सिल गरिएको हो ।
वडाबासीलाई हिँडडुल नगर्न आग्रह गरिएको र प्रहरी समेत परिचालन भएको नगरप्रमुख दिपकबाबु कंडेलले बताए ।




