| बुधबार, भदौ २, २०८३

के संघीयता आएपछि पुरातात्विक सम्पदा र इतिहासको पनि महत्व हराउँछ ?

श्री ५ वडामहाराजधिराज पृथ्वी नारायण शाह जन्मेको दरबार गोरखाको गोरखा दरबार हो ।
पुरातात्विक गोरखा दरवार २०७२ सालको विनासकारी महाभूकम्पले क्षति पुग्यो । उक्त दरबार पुन निर्माण गर्ने निकाय नेपाल सरकारको पुरातात्विक विभागबाट निर्माणको लागि तदारुकता दिइएन । ढिलै भएपनि पुन निर्माणको लागि ठेक्का व्यवस्था भयो । भत्काउने काम सम्पन्न भयो ।

निर्माणका लागि डिपीसिसम्म तयार भयो । तर डिपिसी गरेर बसेको पनि झण्डै एक वर्ष बित्न लाग्दा समेत निर्माण कार्य ठेकेदारबाट अगाडि बढ्न सकेन ।

लामो समयसम्म भग्नावशेषको रुपमा रहँदा भक्तजन तथा पर्यटकका लागि असहज हुने गरेको छ ।
बाहिरवाट आउने भक्तजन पर्यटकहरुले गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरमा दर्शन गर्न आवतजावत गर्न कठिनाई भोग्नु परेको छ ।
यस बारेमा हामी गोरखावासीले चिन्ता लिनु परेको छ । उक्त निर्माणकार्य ढिला हुनको कारण के रहेछ भनेर सम्बन्धित निकाय पुरातत्व विभागमा बारम्बार सोध्ने काम भएको छ । बिभागका निमित्त महानिर्देशक दामोदर गौतम यस बारेमा भन्छन् ः ‘हामी ताकेता गर्छौ भन्ने सम्म खबर पाउँछौ ।

अब ठेकेदारको काम गर्ने म्याद आठ महिना मात्र बाँकी छ । हाल सम्म १५% मात्र काम गरेर अलपत्र भई बसेको हुदा उक्त निर्माण कार्य यहि गतिमा रहिरहने हो भने अझै ५ वर्षमा पनि कुन्नि । त्यस कारण सम्बन्धित पुरातत्व विभाग मात्र नभई गण्डकी प्रदेश सरकार, जिल्लाको प्रशासनिक निकाय, नगरपालिकाको ध्यान नपुगेको महसुस गोरखा जिल्लावासी नागरीक समाजको रहेको छ । त्यस कारण गोरखा दरवारको पुरा तात्विक ऐतिहासीक विधि अनुसारको पाठपुजा समेत लोप हुदै गएको महसुस हामी पाउँछौ । जस्तै अष्टमी अष्टमीमा पूजाको समयमा दमैद्धारा नगरा बजाइन्थ्यो । गोरखनाथ मन्दिरमा दैनिक साझँ नगरा बाजा बजाएर सन्ज्य जगाउने काम हुनेगरी आएको थियो । अहिले त्यो सबै हराएर गएको छ । के मुलुक संघियतामा जादैमा पुरातात्विक संरचना र ईतिहास सबै लोप हुदै जाने हो त ? यिनै ईतिहास र पुरातात्विक संरचना देखाएर वाह्य पर्यटकलाई आर्कषक गराउन हाम्रो मुलुकको दायित्व हो र हिजोको इतिहास भनेकै यहि हो । ती बस्तु नभए हामी गोरखावासी ले अन्य पर्यटकहरुलाई के देखाउने र पर्यटक गोरखामा के हेर्न आउने ? गोरखाका मान्छे कस्ता छन् भनेर पर्यटक आउने हो ? अवश्य होईन ।

त्यस कारण हामी जिल्लावासी लगायत सम्बन्धित जिम्वेवार व्यक्ति चनाखो भएर लागी पर्न अपिल गर्दछु । साथै गोरखा दरबारको कालिका मन्दिर दर्शन गर्न भनि आउने यात्रुहरुले भगवतीको मूर्ती नै देख्न नपाउनेर । ढोकामा दर्शन गरी जानु परेको हुदा बाहिरबाट आउने भक्तजनहरुले खै त भगवतीकाली कहाँ छ भनि प्रश्न गरेको हुदा एक भगवतीको मूर्ती बाहिर भएपनि स्थापना गर्न उचित हुने महसुस गरी आज भन्दा झण्डै ६ वर्ष अगाडी गोरखा नगर सुधार समितीको सक्रियतामा उक्त ढलोटको भगवतीको मूर्ती ल्याई प्राणप्रतिष्ठा गराई जिल्लाका प्रतिष्ठित व्यक्तिहरुको भेला भई जिल्ला न्यायधिस लिप्त बहादुर बाट उद्घाटन गराई स्थापना गरिएको र आज सोहि भगवतीको मूर्तीमा भक्तजनहरुले प्रत्यक्ष दर्शन गर्न पाउने भई आएको छ । साथै भगवतीमा भक्तहरुले चढाएको भेटी तपाई हामी देख्न सक्छौ बाकस भरिएको छ । दुई महिनामा बाकस खोल्दा ७५ देखि ८० हजार सम्म भेटी संकलन हुन्छ । उक्त रकम गोरखा दरवारले कहाँ खर्च लगाउँछ थाहा छैन । दरबार भित्रकै विकास संरचनामा लगाए कल्याण हुने थियो । त्यस तर्फ पनि ध्यान जानको लागी सम्बन्धित निकायमा अपिल गर्दछु ।

(लेखक नगर सुधार समितिका अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्