नदी किनार दोहन गर्ने सानालाई कारबाही, ठूलालाई फुक्काफाल ?
नदीजन्य सामग्रीको अवैध उत्खनन गर्ने चार जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गोरखाले मुद्धा चलाएको छ । अनुमति नपाएको ठाउँमा चेनवाला एक्साभेटर प्रयोग गरी उत्खनन गर्ने उनीलाई शुक्रबार पक्राउ गरी प्रहरीले आइतबार मुद्धा दर्ता गरेको हो ।
उनीहरु चारैजना धादिङका रहेका छन् । नदी किनार दोहन गर्नेलाई यति ठूलो कारबाही गरेको यो पहिलो घटना हो ।
अनियमितता विरुद्ध सुन्य सहनशीलता अपनाएर प्रहरी प्रशासनले गरेको यो काम स्वागतयोग्य छ ।
यसले अब फेरि गल्ती दोहो¥याउनेहरुलाई निरुत्साहित गरेको छ ।

तर अर्को बिडम्बना भने प्रहरी प्रशासन सामु चुनौतीपूर्ण ढंगले खडा भएको छ ।
प्रहरीले एक्साभेटर चालक, टिूपर चालकलाई चाहिँ पक्राउ ग¥यो । त्यो भन्दा पनि ठूलो मुद्धा दर्ता ग¥यो । तर उनीहरु त कामदार न हुन् । उनीहरुको नाइके अर्थात अनियमितता गर्न अह्राउने को थियो ? उनीहरुलाई भाडामा परिचालन गर्ने मुख्यपात्र को थियो ? खै खोजी भएको ?
चोरी तस्करीमा पनि यस्तै हुने गर्छ । भरियाहरु पक्राउ पर्छन्, तर मुख्य नाइके पक्राउ पर्दैनन् वा उनीहरुको खोजी कार्यक्रममा तदारुकता दिइँदैन ।
चालकहरु भनेका त नदी दोहने गर्न प्रयोग हुने माध्यम मात्र हुन् । उनीहरुलाई दोहन गर्न अह्राउने एक्साभेटरका साहुलाई खोजेमा भेट्न गाह्रो छँदैछैन ।
टिूपरका साहुलाई पत्ता लगाउन पनि कुनै आइतबार कुर्नुपर्दैन । तर किन सानालाई मात्र कारबाही ? ठूलालाई किन फुक्काफाल ? यसप्रति पनि गम्भीर ढंगले सोच्नु जरुरी छ ।




