
मृगौला बेच्नेको देश भनेर चिनिने कि मृगौला जोगाउनेको देश भनेर चिनिने ?
आमनागरिकलाई मिर्गौला महत्वपूर्ण अंग हो भन्नेसमेत थाहा छैन । कान, आँखा, हात(खुट्टा नभए पनि मानिस बाँचिरहेको हुन्छ, तर मिर्गौला नभए बाँच्न सक्दैन । मिर्गौला फेल हुन लाग्दा देखिने सामान्य लक्षणहरू, जस्तै, पिसाब पोल्ने, इन्फेक्सन बढ्ने, पत्थर बढ्नेजस्ता कुराहरू थाहा पाएपछि मानिस अस्पताल आउने गर्छन् । तर, मिर्गौला क्रमशः बिग्रिँदै जाने एउटा क्रम हुन्छ । उहाहरणका लागि उच्च रक्तचाप, मधुमेध, पेनकिलरको प्रयोगलगायतले क्रमशः मिर्गौला बिग्रिरहेको हुन्छ, जुन मानिसलाई थाहा हुँदैन । यसैले अन्तिम अवस्थामा मानिसहरू अस्पताल आउने गर्छन् ।
जनमानसमा मिर्गौला महत्वपूर्ण अंग हो, थोरै सावधानी अपनाएर मिर्गौला बचाउन सकिन्छ भन्ने ज्ञानको अभाव छ । पर्याप्त पानी पिएर, व्यायाम गरेर, अस्वस्थ खानेकुरा नखाएर, घेरै चुरोट खैनी तथा मासु नखाएर केही सावधानी अपनाउने हो भने मिर्गौलाई बचाउन सकिन्छ । यदि परिवारको अन्य सदस्यमा मिर्गौलाको खराबी छ भने आफूले पनि अस्पताल पुगेर मिर्गौलाको चेकजाँच गरिरहनुपर्छ । विशेषगरी ३० वर्ष भन्दा बढी उमेरका व्यक्तिले मिर्गौलाको चेकजाँच गरिरहनुपर्छ ।
सबै मानिसको मिर्गौला स्वस्थ रहेको हुँदैन, । केही व्यक्तिको मिर्गौलामा खराबी रहेको हुन्छ । त्यस्ता व्यक्तिलाई सहायता गर्नुपर्छ । जो व्यक्ति निरोगी छन, उनीहरूले ५ सय रूपैयाँ दान गरेमा अर्को कुनै व्यक्तिले पुनर्जन्म पाउँछ । त्यसका लागि हामीले मिर्गौला बचाउ अभियान भनेर नाफारहित संस्था खोलेका छौँ । यो संस्थाले मिर्गौलाबारे जनचेतना जगाउने, मिर्गौला महत्वपूर्ण अंग हो, कसरी जोगाउने भनेर देशका प्रत्येक घर(घरमा गएर चेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको छ ।
हाम्रो देश मिर्गौला बेच्ने देशका रूपमा विश्वमा चिनिएको छ । १० वर्षअघिको कुरा गर्ने हो भने देशमा अधिकांश मानिस गरिब थिए । उपचार खर्च गर्न वा परिवार चलाउन अन्य केही उपाय नभएपछि एउटा मिर्गौला बेच्ने चलन धेरै थियो । त्यसवेला आफ्नो परिवारका सदस्यलाई मिर्गौलामा खराबी भयो भने प्रत्यारोपण तथा डायलाइसिस गरेर बचाउँछु भन्ने कुनै उपाय थिएन, न त नेपालमा उपचार नै सम्भव थियो । तर, आज नेपालमा सरकारले डायलाइसिस निःशुल्क गरेको छ भने प्रत्यारोपण सेवासमेत उपलब्ध गराएको छ ।
आफ्नो मिर्गौला, आफ्नो परिवारका लागि सुरक्षित राख्नुहोस् । यदि आज कसैलाई बेच्नुभयो भने भोलि तपाईंका श्रीमान(श्रीमती वा बच्चाका लागि मिर्गौला कसले दिन्छ ? उनीहरू मृत्युको मुखमा पुगेको टुलुटुलु हेरर बस्नुपर्छ । त्यसैले, आफ्नो मिर्गौला आफ्नो परिवारका लागि सुरक्षित राख्नुहोस, अर्थात् बेचबिखन नगर्नुहोस् भन्ने चेतना सबै मानिसमा पुर्याउनु आवश्यक छ ।
अचानक कुनै मानिसको दुर्घटना भयो, उपचारका लागि अस्पताल पुर्याइयो । चिकित्सकले उसको मस्तिष्कमुत्यु भएको पुष्टि गरे । तर, बाहिरबाट बिरामीलाई हेर्दा मुटु चलेको छ, प्रेसर सन्तुलनमा छ, मिर्गौलाले पिसाब छानिरहेको हुन्छ । मस्तिष्कमुत्यु भएर मुटु रोकिएर मर्ने पिरियड ३ दिनसम्म हुन्छ । यो अवधिभित्र मस्तिष्कमुत्यु भएको व्यक्तिको मुत्यु निश्चित हुन्छ । त्यस्तो अवस्थाको व्यक्तिको अंग झिकेर अरु व्यक्तिलाई दिने हो भने उसले पुनर्जीवन पाउँछ । मस्तिष्कमृत्यु भएको एक व्यक्तिले आफू संसार छोड्दै गर्दा ८ जनालाई जीवनदान दिएर जान सक्छ ।
तर, यसरी जीवनदान दिन सक्छ भनेर पढेर, बुझेर मात्र हुँदैन, व्यवहारमा पनि ल्याउनुपर्छ । उदाहरणका लागि कुनै व्यक्ति सडक दुर्घटनामा पर्यो र उसलाई अस्पताल पुर्याइयो । उपचारका क्रममा उसको मस्तिष्कमुत्यु भएको पुष्टि भयो । यस्तो दुःखद घडीमा मिर्गौला तथा अन्य अंग दान गर्ने सोच आफन्तको दिमागमा आउँदैन । यदि चिकित्सकले उक्त बिरामीको डोनरकार्ड भेटेको खण्डमा, अर्थात् केही कारणवश मस्तिष्कमुत्यु भएको खण्डमा मेरा अंगहरूको दान गरे हुन्छ भनी मस्तिष्कमृत्यु हुने व्यक्तिले पहिले नै आफ्ना अंग दान गरेको प्रमाण भेटिएको अवस्था छ भने उसको परिवारलाई तपाईंको बिरामी मर्ने नै भयो भनेर अंगदान गराउन सक्ने अवस्थामा रहन्छ । तर, डोनरकार्ड छैन भने अंगदान गराउन सक्ने अवस्था हुँदैन ।
आज हामीले ज्ञानको बिउ रोप्यौँ भने, मस्तिष्कमुत्यु भएको एक व्यक्तिले ८ जनालाई बचाउन सक्छ । नेपालको अहिलेको अवस्थामा मुटु, फोक्सोको प्रत्यारोपण गर्न नसकिएला । तर, मिर्गौला र कलेजो त फेर्न सक्ने अवस्था छ नि ! त्यो फेर्न सक्ने स्थितिमा हामीले प्रत्येक व्यक्तिलाई बुझाएर निश्चित मृत्युको अवस्थामा पुगेमा डोनरकार्डको माध्यमबाट अंगदान गराउने हो भने मिर्गौला नपाएर मुत्यु हुनुपर्ने अवस्था आउँदैन ।
नेपालमा मिर्गौलारोग बढ्दो अवस्थामा छ । मिर्गौलारोगीको संख्या बढ्नुका दुई कारण छन् । पहिलो त बिग्रिँदो जीवनशैलीका कारण मिर्गौला बिग्रिनेक्रम बढेको छ भने अर्को स्वास्थ्यसेवामा पहुँज बढेका कारण पहिलेको तुलनामा मिर्गौलारोगी बढी सार्वजनिक हुँदै छन् । प्रेसर, डाइबिटिजका बिरामी बढ्दै गएका कारण पनि मिर्गौलारोग बढ्दै छ । त्यसैगरी, स्वास्थ्यमा प्रतिकूल असर गर्ने पेन किलरको प्रयोग तथा कडाखालाका एन्टिबायोटिकको प्रयोगले पनि मिर्गौला फेल हुँदै गएको पाइएको छ । पछिल्लो एक दशकलाई हेर्ने हो भने सम्रगमा रोग बढ्दो अवस्थामा पाइएको छ । तर, पछिल्लो समय मिर्गौलारोगीले केही सुविधा भने पाएका छन् ।
सरकारले सुरुमा ५० हजारमा डायलाइसिससेवा दिने गरेकोमा अहिले हप्तामा दुईपटक लगातार निःशुल्क सुविधा दिँदै आएको छ । त्यसैगरी प्रत्यारोपण गर्दा निःशुल्क गर्ने प्रावधान ल्याएको छ । यसले राजधानी तथा ठूला सहरमा मिर्गौलारोगीले सेवा पाएका छन् । दुर्गममा बस्ने मानिसको वरपर वा नजिकमा अस्पताल छैनन, जसले गर्दा अधिकांश मानिसले केन्द्रमा आएर उपचार गराउनुपर्ने अवस्था छ । सरकारले सबै व्यक्तिलाई समान व्यवहार गर्नुपर्छ । तर, सुविधा दिन्छु भनेर दिने स्थिति छैन । विशेषज्ञको कमीले गर्दा पनि सेवाग्राहीले सेवा नपाएको अवस्था छ ।
डायलाइसिसमा भएको भिड हटाउन दुईवटा तरिका अपनाउन सकिन्छ, जनचेतना जगाएर । विश्व मिर्गौला दिवसले दिने सन्देश नै यही हो । विश्व मिर्गौला दिवसको नारा ‘सबैका लागि मिर्गौैला, जहाँ गए पनि मिर्गौला’ रहेको छ । तर, हाम्रो देशका लागि भने मिर्गौलाबारे चेतना रहेको छ । मिर्गौलारोग जसलाई पनि लाग्न सक्छ । रोग लागिसकेपछि मात्रै अस्पताल जाने चलन छ । मानिसहरू ८०(९० प्रतिशत मिर्गौला खराब नहुँदासम्म अस्पताल आउने गरेका छैनन् । त्यसवेलामा डायलइसिस र प्रत्यारोपणबाहेक अन्य विकल्प रहँदैन । सुरुवातको समयमा अस्पताल आइपुगे सबै रोगलाई निमूल गर्न सकिन्छ । तर, समय घर्किएपछि केही गर्न सकिँदैनन् ।
३० वर्षभन्दा बढी उमेर भएका, मधुमेह भएका, बढी तौल भएका, परिवारमा कुनै सदस्यमा मिर्गौलाको समस्या भएका व्यक्ति बढी संवेदनशील हुनुपर्छ । अर्कोतर्फ डायलाइसिसमा बसेका व्यक्तिलाई डायलाइसिस संख्या बढाउँदै लैजाने कि, प्रत्यारोपण गर्नेतर्फ लाने भन्ने चुनौती छ । नेपालको सन्दर्भमा अहिले बिरामीका नातेदारले प्रत्यारोपणका लागि मिर्गौला दिए भने राम्रो हुन्छ । सरकारी अस्पतालमा प्रत्यारोपण निःशुल्क रूपमा गर्न सकिन्छ । तर, प्रत्यारोपणपछि कुनै व्यक्तिले महिनामा १० हजारको औषधि किन्न सक्दैन भने प्रत्यारोपण नगर्नु नै राम्रो हुन्छ । यसका लागि अन्य रोगको औषधि सरकारले दिन सक्छ भने प्रत्यारोपणपछि खाने औषधि पनि व्यवस्था गर्नु जरुरी छ । यसले धेरै व्यक्तिलाई प्रत्यारोपणतर्फ आकर्षित गर्छ ।
सरकारले अर्बौं रुपैयाँ प्रत्यारोपण र डायलाइसिसमा खर्च गरेको छ । कमसेकम त्यसको १० प्रतिशत मिर्गौलाका लागि खर्च गरौँ । यसबाट सातै प्रदेशका हरेक जिल्लामा, गाउँ(गाउँमा मिर्गौला बचाउने उपायबारे चेतना पुर्याउन सकियो भने ‘मिर्गौला बेच्ने देश’का रूपमा बनेको छविलाई ‘मिर्गौला जोगाउने देश’का रूपमा परिणत गर्न सकिन्छ, स्वस्थ नेपाल, स्वस्थ नेपालीको परिकल्पना गर्न सकिन्छ । यसरी राख्नुहोस मिर्गौला स्वस्थ
यदि मिर्गौलालाई स्वस्थ राख्नुछ भने पानी नै उपयुक्त उपचार हो । यसका लागि हरेक सामान्य व्यक्तिले दैनिक औसन ४ देखि ५ लिटर पानी पिउनुपर्छ । पानीले शरीरमा रहेको कैयौं विषालुु तत्वलाई पिसाबका साथ बाहिर निकाल्छ र पाचन तन्त्रको कार्यप्रणालीलाई पनि दुरुस्त पार्छ । दिनहुँको खानामा चिनी र नुन बढी प्रयोग गर्नाले मिर्गौलाको स्वास्थ्यमा हानिकारक हुन्छ । यी दुुई चिजबाट मिर्गौलाको गति सुस्त हुन्छ । यसैले मिठाई, केक(पेस्टूी, प्रशोधित खाना, अचार, पापडजस्ता खाद्य पदार्थको सेवन सीमित रुपमा गर्नुपर्छ । यसका साथै दुुग्धजन्य पदार्थको सेवन हयीको मजबुुतीका लागि जरुरी हुन्छ । फलफुल र सागसब्जीलाई पनि खानामा समावेश गर्नुपर्छ । यिनमा भएका एन्टी अक्सिडेन्टले मिर्गौलालाई इन्फेक्सनबाट बचाउँछ । यसका अलावा मदिरा तथा धुमपानबाट टाढै रहनुपर्छ, किनभने यिनले कलेजो र मिर्गौलालाई नोक्सान पुर्याउँछ । यदि खानपानको स्वस्थ बानी बसाल्ने हो भने मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना हुँदैंन ।
यी कुरा कहिल्यै नबिर्सनु ः
यदि कुनै औषधि सेवन गरेको छैन भने स्वस्थ व्यक्तिको पिसाब रंगहीन हुनुपर्छ । प्रतिदिन करिब ४ लिटर पानी पिउने व्यक्तिको हरेक ३ घण्टाको अन्तरालमा पिसाब लागेको हुनुपर्छ ।
रोकिई(रोकिई अलि(अलि पिसाब आउनु, बारम्बार ट्वाइलेट जानुपर्ने महसुस हुनु, पिसाब गर्दा पीडा हुनु, पोल्नुु र खुट्टा सुन्निनुजस्ता लक्षण देखिए तत्काल डाक्टरको सल्लाह लिनुपर्छ, किनभने यस्ता लक्षण देखिए मिर्गौलामा समस्या आएको हुन सक्छ । यदि कुनै व्यक्तिलाई मधुुमेह या उच्च रक्तचापको समस्या छ भने चिनी र नुनको सेवन सीमित मात्रामा गर्नुपर्छ र हरेक वर्ष एकपटक किड्नी फङसन टेस्ट गराउनुपर्छ ।
साभार ः हेल्थपोस्ट नेपाल डटकम ।




