| आइतवार, कार्तिक २९, २०८३

सहिदलखनका सबै विद्यालयमा कम्प्यूटर ल्याब बन्ने

गोरखाको सहिद लखन गाउँ पालिकाले आफु मातहतका सबै माध्यामिक बिद्यालयमा कम्प्युटर ल्याब सञ्चालनमा ल्याउने भएको छ । गाउँपालिका भित्रका सबै माध्यामिक विद्यालयमा कम्प्युटर ल्याब सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । यसै वर्ष गाउँपालिकाले शसर्त अनुदान मार्फत हिमालय मावि घैरुङ र सिद्धस्थानी मावी ताक्लुङमा कम्प्युटर ल्याब स्थापना गर्ने तयारी भएको शिक्षा शाखा प्रमुख दिपेन्द्र परियारले जानकारी दिए । गाउँपालिकाभित्रका अन्य ९ माध्यामिक विद्यालयमा साविकको जिल्ला शिक्षा कार्यालय लगायत विभीन्न संघसस्थांको सहयोगमा यसअघि नै कम्प्युटर ल्याब स्थापना भैसकेका छन् । गाउँ पालिका भित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउने गाउँपालिकाको योजना छ । जसअन्तरगत सबै विद्यालयमा बायोम्याटिूक हाजिरि प्रणालि जडान गरिएको छ । चालु आर्थिक बर्ष विनियोजन गरिएको चार लाख २० हजार रुपैयाँ बजेटले छ निमावि र ११ माविमा बायो म्याट्रिक हाजिरी प्रणाली जडान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिपेन्द्र परियारले जानकारी दिए । विद्यालयमा शिक्षकहरुको उपस्थितिलाई नियमित गर्ने, विद्यालयहरुलाई पेपरलेस गर्दै लैजाने र विद्यालयहरुलाई प्रविधि मैत्री बनाउने योजना अनुसार सबै माविमा ईन्टरनेट जडान गरिएको छ । जनशक्ति मा.विमा नाम्जुङ्ग सेवा समाजसँगको सहकार्यमा स्मार्ट बोर्ड मार्फत शिक्षण सिकाई संचालन गरिएको छ । आगामी वर्षमा थप पाचँ वटा माविमा स्मार्ट बोर्ड मार्फत शिक्षण सिकाई संचालन गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्