
नेविसंघ जिल्ला कार्यसमितिको पदाधिकारी चयन
नेपाल बिद्यार्थी संघ गोरखाको चयन हुन बाँकी पदका लागि पदाधिकारी चयन गरिएको छ । बिहिबार गठित उच्चस्तरीय कार्यदलले शुक्रबार पदाधिकारी चयन गरेको हो ।
समितिको उपाध्यक्षमा शिवहरि तिमिल्सिना, सचिबमा मिलन सिंह बस्नेत, सह सचिवमा बिक्रम अधिकारी र कोषाध्यक्षमा राजेन्द्र थापा रहेका छन् । अधिबेसनले २६ जनालाई जिल्ला सदस्य चयन गरेको छ । जिल्लाको सबै स्थानिय तहका साथै विधान अनुसार समाबेशी प्रतिनिधीत्व हुनेगरी समिति गठन गरिएको नेविसंघका पुर्व जिल्ला सचिव शरण श्रेष्ठले जानकारी दिए ।
विहिबार भएको अधिबेसनमा अध्यक्ष पदका लागि एकमात्र उम्मेदवारी परेपछि सुवास अधिकारी निर्विरोध चयन भएका थिए ।
तर अन्य पदका आकांक्षी धेरै भएपछि एक उच्चस्तरीय समिति गठन गरि छलफल र सहमतिका आधारमा सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिएको हो । अधिबेशनबाट निर्वाचित सबैलाई शुक्रबार प्रमाण पत्र वितरण गरिएको पुर्व सचिव श्रेष्ठले बताए । अधिबेसनले जिल्ला कमिटि गठन गरेपनि प्रदेश र केन्द्रिय प्रतिनिधी चयन हुन बाँकी छ । छलफल र सहमतिका आधारमा केहि समय पछि प्रदेश र केन्द्रिय प्रतिनिधी चयन गरिने उनको भनाई छ । यसैबिच, नवगठित संघको शुक्रबार बसेको पहिलो बैठकले दुई जनालाई जिल्ला सदस्यमा मनोनित गरेको संघका सविव मिलनसिंह बस्नेतले जानकारी दिए ।




