| आइतवार, कार्तिक २९, २०८३

गोरखा महोत्सव प्रथम राष्ट्रपतिले उद्घाटन गर्ने

१० औं गोरखा महोत्सव प्रथम राष्ट्रपति डाक्टर रामबरण यादवले उद्घाटन गर्ने भएका छन् ।
आउँदो पुस ५ गते हरमटारीस्थित खेलकुद मैदानमा डाक्टर यादवले महोत्सवको उद्घाटन गर्ने निश्चित भएको महोत्सव आयोजक गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठले जानकारी दिए । उनका अनुसार वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई महोत्सव उद्घाटनका लागि अनुरोध गर्दा समय नमिलेकाले प्रथम राष्ट्र पतिलाई अनुरोध गरिएको थियो ।
महोत्सव तयारीको काम धमाधम भइरहेको उनले बताए । ‘२१ वटा उपसमितिले अहोरात्र खटेर काम गरिरहेका छन् ।
हाम्रो सचिवालय हरमटारीमा सार्ने काम भयो’, उनले भने, ‘पत्राचारको काम चलिरहेको छ । बाल उद्यान, स्टल तथा स्टेज बनाउने काम पनि सरु भएको छ । अबको पाँच दिनमा धेरैप्रतिशत काम सकिएको हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्