घ्याम्पेशाल प्रहरीचौकी उद्घाटन
दरौंदी : गोरखाको घ्याम्पेसालमा नवनिर्मित प्रहरी चौकीको भवन उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले सोमबार एक कार्यक्रमका बीच भवनको उद्घाटन गरे । बेलायती संस्था डिएफआईडी को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवनमा ११ वटा कोठा छन् । जसमा कार्यालय, ब्यारेक तथा भान्साघर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक बोहराले भौतिक पूर्वाधारहरुको उपलब्धताले नेपाल प्रहरीको कार्य सम्पादनमा मनोबल बढाउने बताए । आफ्नो पदीय जिम्मेवारीबाट बिचलित नभई जनमुखी कार्यसम्पादन गर्न उनले मातहतका प्रहरीलाई निर्देशन दिएका छन् । सो अबसरमा प्रहरी चौकी भवन निर्माणमा सहयोग गर्ने बिभिन्न व्यक्ति तथा प्रहरी कर्मचारीलाई कदर पत्र प्रदान गरिएको छ ।




