| आइतवार, कार्तिक २९, २०८३

पूर्वमन्त्री वाग्लेद्वारा कोटकाली मन्दिर संरक्षणमा अक्षयकोष स्थापना

दरौंदी : गोरखाको सहिद लखन गाउँपालिका ८ बुंकोटको कोटकालि भुमे मन्दिरको संरक्षण, संबद्र्धन तथा प्रबद्र्धनको लागि अक्षयकोष स्थापना भएको छ ।
पुर्वमन्त्री चिरञ्जीबी वाग्लेले उपलब्ध गराएको २२ लाख १८ हजार चार सय ४० रुपैयाँले अक्षयकोष स्थापना गरिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा सोमबार आयोजित कार्यक्रममा वाग्लेले मन्दिर संरक्षण समितिका अध्यक्ष गुप्तबहादुर केसीलाई सो रकमको चेक हस्तान्तरण गरेपछि राष्टिूय वाणिज्य बैंकमा खाता खोली अक्षयकोष स्थापना गरेको वडाअध्यक्ष काशीनाथ अम्गाईले जानकारी दिए । बुढीगण्डकी जलबिद्युत आयोजनाको डुबानमा पर्ने आफ्नो नाममा अश्राङमा रहेको जग्गाको मुआब्जा रकम मन्दिरका लागि सहयोग गरेको पुर्वमन्त्री वाग्लेको भनाई छ ।
सो अबसरमा स्थानीय बासिन्दाबाट संकलित तीन लाख ६५ हजार तीन सय ११ रुपैयाँ पनि थप गरेर अक्षयकोषमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्