
अखिल क्रान्तिकारीको केन्द्रिय सचिवमा गोरखाकी आशा उपरकोटी
नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको दलित सचिवमा गोरखाकी आशा उपरकोटी बिजयी भएकी छन् । यही माघ १२ गते भएको चुनावमा ७ सय ४६ मत ल्याएर उनी बिजयी भएकी हुन् ।
केन्द्रीय अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । महासचिवमा रोशन थापा, कोषाध्यक्षमा फूलमाया राना, खुल्ला सचिवमा शिशिर बस्याल, प्रेम जैशी, बीरेन्द्र जिसी र सम्झना राई बिजयी भएका छन् ।
छात्रा सचिवमा तिर्सना आले मगर र समकृति पुन विजयी भएका छन् । जनजाति सचिवमा आर्टिस्ट मोक्तान, मधेशी सचिवमा अमर मण्डल, खसआर्य सचिवमा जितेन्द्र भण्डारी र शहीद परिवारबाट युन्छो हाङ मावो भएकी छन् ।




