
नेपाली काङ्ग्रेस गोरखाको चौँथो नगर सम्मेलन सम्पन्न
नेपाली काङ्ग्रेस गोरखा नगर कार्य समितिको चौँथो नगर सम्मेलन सम्पन्न भएको छ । आईतबार एक कार्यक्रमका बीच काङ्ग्रेस गोरखाको चौँथो नगर सम्मलेन सम्पन्न भएको हो ।
पार्टी केन्द्रले घोषणा गरेको १०० दिने अभियान कार्यक्रम अन्तरगत नगर सम्मेलन सम्पन्न गरिएको नेपाली काङ्ग्रेस, गोरखाका जिल्ला सचिव किशोरजंग थापाले बताए । कार्यक्रममा काङ्ग्रेस गोरखाले विगतमा गरेका कामहरुको समिक्षा गर्नुका साथै, भावी योजनाहरुका बारेमा समेत छलफल गरिएको उनले जानकारी दिए ।
नेपाली काङ्ग्रेस गोरखा नगरपालिका समितिका अध्यक्ष चन्दनबाबु खत्रीको अध्यक्षता एवं गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न नगर सम्मेलनमा पार्टीका जिल्ला सभापति एवं प्रदेश सांसद नन्दप्रसाद न्यौपाने, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरु सरस्वती अर्याल, अब्दुल सतार लगायतको उपस्थिति रहेको थियो ।




