
अखिल क्रान्तिकारी गोरखाको अध्यक्षमा सुलभ अम्गाई
माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी गोरखाको अध्यक्षमा सुलभ अम्गाई चयन भएका छन् । संगठनको २१ औँ जिल्ला सम्मेलनले अम्गाईको अध्यक्षतामा ५१ सदस्ययी समिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा सन्तोष बस्न्यात र सरोज चुँदारा, सचिवमा सचिन खनाल, सहसचिवमा सन्ध्या अछामी र कोषाध्यक्षमा आकृति उपरकोटी चयन भएको माओवादी केन्द्र गोरखाका जिल्ला सचिव अकुर तिमिल्सिनाले जानकारी दिए ।




