
माओवादी केन्द्रको सिरानचोक र चुमनुब्रीको पार्टी समिति गठन
नेकपा माओवादी केन्द्रको सिरानचोक र चुमनुब्री गाउँपालिकामा नयाँ कार्यसमिति चयन भएको छ । पार्टीको चुमनुब्री गाउँ कार्यसमितिको अध्यक्षमा कुमारी गुरुङ चयन भएकी छिन् । पार्टीको शनिबार सम्पन्न अधिवेशनले उनको अध्यक्षतामा ४५ सदस्यीय समिति गठन गरेको हो ।
गुरुङको अध्यक्षतामा गठित समितिको उपाध्यक्षहरुमा लक्ष्मी गुरुङ, रामकुमार गुरुङ र छिरिङ्गफुन्जो लामा चयन भएका छन् । यस्तै, समितिको सचिवमा सरोज लामा, सहसचिवमा बुद्ध गुरुङ र कोषाध्यक्षमा छिरिङ्ग घ्युर्मे लामा चयन भएका नेकपा माओवादी जिल्ला समन्वय समितिले जनाएको छ ।
यसैगरी, सिरानचोक गाउँ कार्यसमितिको अध्यक्षमा शम्भु ढकाल चयन भएका छन् । ढकालको नेतृत्वको समितिमा धनबहादुर तामाङ, बिमला गुरुङ र झकड दवाडी उपाध्यक्षमा चयन भएका छन् । यस्तै, सचिवमा प्रेम वस्ती, सहसचिवमा सुकमाया विक र कोषाध्यक्षमा रामकुमार ढकाल चयन भएका छन् ।
जिल्लाका अन्य नौ पालिकाहरुमा भने यसअघि नै पालिका समिति गठन गरिसकेको माओवादी केन्द्र गोरखाले जनाएको छ ।




