| मङ्लबार, कार्तिक २४, २०८३

माओवादी केन्द्रको नौँ पालिकामा समिति गठन

नेकपा माओवादी केन्द्रले गोरखाका नौवटा पालिकामा पार्टी समिति गठन गरेको छ । गोरखा नगरपालिका र पालुङ्टार नगरपालिकासहित नौ पालिकामा समिति गठन गरिसकेको पार्टीको जिल्ला समन्वय समितिले जनाएको छ ।

गोरखा नगरपालिकामा रामहरि केशीको नेतृत्वमा पार्टी समिति गठन भएको छ भने पालुङटार नगरपालिकामा मदन देवकोटाको नेतृत्वमा गठन भएको जिल्ला सेक्रेटरी अकुर तिमिल्सिनाले जानकारी दिए । गाउँपालिकाहरुमा ४५ सदस्ययी र नगरपालिकाहरुमा ५५ सदस्ययी समिति गठन गरिएको उनले जानकारी दिए ।

केशीको नेतृत्वमा गठित गोरखा नगर समितिमा गोबिन्द भट्टराई, विष्णु प्रसाद श्रेष्ठ र शर्मिला आले उपाध्यक्ष चयन भएका छन् । सचिवमा हरि खनाल, सहसचिवमा सुकबहादुर नेपाली र कोषाध्यक्षमा दण्डपाणी कट्टेल चयन भएका छन् । मदन देवकोटा नेतृत्वको पालुङटार नगरसमितिको उपाध्यक्षहरुमा सर्मिला बगाले, बिकास वाग्ले र अशोक मरहट्टा रहेका छन् ।

सचिवमा शंकरराज कँडेल, सहसचिवमा बालकृष्ण देवकोटा र कोषाध्यक्षमा चक्रबहादुर तामाङ चयन भएका छन् । ध्रुव खनालको अध्यक्षतामा गठित सहिदलखन गाउँसमितिको उपाध्यक्षहरुमा कृष्ण श्रेष्ठ, लिला श्रेष्ठ र भरत खनाल चयन भएका छन् भने सचिवमा अमृतबाबु श्रेष्ठ, सहसचिवमा अचल गुरुङ र कोषाध्यक्षमा गिता परियार चयन भएका छन् ।

बिनोद पाण्डे नेतृत्वको भिमसेनथापा गाउँपार्टी समितिमा सागर श्रेष्ठ, नारायण श्रेष्ठ र मदन शाक्य उपाध्यक्ष चयन भएका छन् । यस्तै, सचिवमा रनिल राना, सहसचिवमा यशोदा खनाल कट्टेल र कोषाध्यक्षमा सम्झना बसेल चयन भएका छन् । कृष्णबहादुर गुरुङ अध्यक्ष रहेको अजिरकोट गाउँसमितिको उपाध्यक्षहरुमा बाबुराम अधिकारी, एलिना गुरुङ र एकबहादुर मगर, सचिवमा मनोज गुरुङ र सहसचिवमा दिपक विक चयन भएका छन् ।

नरबहादुर गुरुङको नेतृत्वमा गठित बारपाक सुलिकोट गाउँसमितिको उपाध्यक्षहरुमा कृष्ण गुरुङ, शुभ प्रभात नेपाली र पुर्णबहादुर गुरुङ, सचिवमा राजकुमार गुरुङ, सहसचिवमा नवराज तामाङ र कोषाध्यक्षमा सृजना श्रेष्ठ चौधरी चयन भएका छन् । आरुघाटमा अध्यक्ष विष्णु प्रकाश खड्का, उपाध्यक्षहरु कृष्णबहादुर नेपाली, राजकुमार ढकाल र सोबित श्रेष्ठ, सचिवमा गमबहादुर गुरुङ, सहसचिव रमेश तिमिल्सिना र कोषाध्यक्षमा सिमा परियार चयन भएको माओवादी गोरखाले जनाएको छ ।

यसैगरी गण्डकीको पार्टी अध्यक्षमा मिलन मगराती, उपाध्यक्षहरुमा रामप्रसाद रेग्मी, तुलसी रेग्मी, पहलमान बयलकोटी, सचिवमा एकबहादुर थापा, सहसचिवमा चित्र चेपाङ र कोषाध्यक्षमा मिना पन्त चयन भएका छन् भने धार्चेको पार्टी अध्यक्षमा सूर्यबहादुर गुरुङ, उपाध्यक्षमा मिनबहादुर सुनार, इन्द्रबहादुर गुरुङ र किसान गुरुङ, सचिवमा सरोज गुरुङ, सहसचिवमा सुशील गुरुङ र कोषाध्यक्षमा प्रविन गुरुङ चयन भएका छन् । सिरानचोक र चुमनुब्री गाउँपालिकामा भने यही पुस १२ भित्र समिति गठन गर्ने तयारी भईरहेको जिल्ला सचिव तिमिल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्