| मङ्लबार, कार्तिक २४, २०८३

एकीकृत समाजवादीका भुजेलले उम्मेदवारी फिर्ता लिए

गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदको उपनिर्वाचनमा मनोनयन दर्ता गराएका खड्गबहादुर भुजेलले उम्मेदवारी फिर्ता लिएका छन् । एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएका उनले वुधवार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।
यही मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि दश जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि वुधवार दिउँसो एक बजेसम्मको समय दिएको थियो । सो समयमा भुजेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
वुधवार उम्मेदवारहरुलाई चुनाव चिन्ह समेत प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्