
तमु विद्यार्थी छोंज धिंको प्रचारप्रसार विभाग प्रमुखमा गोरखाका मनोज
नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धींको प्रचारप्रसार विभाग प्रमुखमा नेपाल तमु विद्यार्थी छोंज धीं, गोरखाका अध्यक्ष मनोज गुरुङ चयन भएका छन् ।
सोमबार तनहुँको दमौलीमा सम्पन्न बाह्रौँ महाधिवेशनले गुरुङलाई प्रसारप्रसार विभागको जिम्मेवारी दिएको हो । यस्तै, गोरखाका सोम गुरुङ र वृषराम गुरुङ क्रमश विदेश विभाग प्रमुख र शैक्षिक विभाग प्रमुखका रुपमा चयन भएका छन् ।
जिल्लाबाट केन्द्रिय सदस्यहरुमा कोपिला गुरुङ, सबिन गुरुङ र बिजय गुरुङ चयन भएका नेपाल तमु विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति गोरखाले जनाएको छ । अधिवेशनले चितवनका पवन गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा दोलखाका विष्णु तमु, लमजुङका गौचन तमु, महिला उपाध्यक्षमा झापाकी सिर्जना तमु, महासचिवमा कास्कीका युवराज तमु, उपमहासचिवमा धादिङका अनिल तमु, सचिवमा विकास तमु, कास्कीकी नेहा तमु, स्याङ्जाका युवराज तमु, बाँकेका प्रकाश तमु, काठमाडौकी इशा तमु निर्वाचित भएका छन् ।
गत शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेसँगै सुरु भएको महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गरी सोमबार सम्पन्न भएको हो ।




