
नेपाल प्रजातन्त्र सेनानी संघ गोरखाको अध्यक्षमा देवानन्द न्यौपाने
नेपाल प्रजातन्त्र सेनानी संघ गोरखाको अध्यक्षमा देवानन्द न्यौपाने चयन भएका छन् । संघको गत मंगलबार सम्पन्न अधिवेशनले न्यौपानेको अध्यक्षतामा १७ सदस्ययीय कार्यसमिति गठन गरेको हो । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा भरत भट्ट र प्रदेश प्रतिनिधिमा रुद्र खनाल चयन गरेको बताइएको छ ।
२०४५ साल अगाडि नेपाली काङ्ग्रेसमा आबद्ध भै राजनीतिक कारणले जेल नेल भोगेका, सर्बस्व हरण भएका साथै, ज्यान गुमाएकाहरुको परिवारलाई सम्मान तथा सहयोग गर्ने उद्देश्यले प्रजातन्त्र सेनानी संघ गठन गरिएको अध्यक्ष देवानन्द न्यौपाले बताएका छन् ।




