
राष्ट्रिय युवा संघ गण्डकी प्रदेशको उपसचिवमा गोरखाका ढकाल
राष्ट्रिय युवा संघ गण्डकी प्रदेशको उपसचिवमा गोरखाका किरण ढकाल निर्वाचित भएका छन् । शनिवार र आइतवार लमजुङमा भएको संघको प्रदेश स्तरीय पहिलो अधिवेशनबाट ढकाल उपसचिवमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
उनी यसअघि संघको गण्डकी प्रदेश सचिवालय सदस्य थिए । त्यस्तै संघको सदस्यमा गोरखाबाट तीन जना निर्वाचित भएका छन् । महिलातर्फ रसिया मिया, पुरुषतर्फ दिलिप कोइराला र ठाकुर गोतामे निर्वाचित भएको संघले जनाएको छ ।
संघको अधिवेशनले स्याङ्जाका पिताम्वर खनालको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा लमजुङका रोशन गुरुङ, सचिवमा नवलपुरका आशा गैरे, उपसचिवमा ढकाल र सन्तोष शर्मा र कोषाध्यक्षमा तनहूँका जीवन क्षेत्री रहेका छन् ।




