| बुधबार, कार्तिक २५, २०८३

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए बिश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। गण्डकी प्रदेश सभा बैठकमा पाण्डेले राखेको विश्वासको मतको पक्षमा ३१ र विपक्षमा २८ मत  खसेको थियो।

बैठकमा ५९ जना सहभागी थिए।

उनलाई कांग्रेसका २७, राप्रपाका २, नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङ्गेले मतदान गरेका थिए ।

सर्वोच्च अदालतको परमादेशअनुसार यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिएका हुन्। ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ७ (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन्। माओवादीको चुनाव चिह्नबाट २०७९ को चुनाव गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा १ बाट जितेका फणिन्द्र देवकोटाले फ्लोर क्रस गरी मुख्यमन्त्री पाण्डेलाई मत दिएका हुन्।

पालुङ्टार नगरपालिका १ का पाण्डे गोरखा क्षेत्र नं. २ को प्रदेश क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्