| बुधबार, कार्तिक २५, २०८३

७२ वडामा माओवादीको कमिटी गठन

नेकपा माओवादी केन्द्रले जिल्लामा संगठन विस्तारलाई तिव्रता दिएको छ । हालसम्म ७२ वडामा कमिटी गठन भएको पार्टीले जनाएको छ । जेठ महिनाभित्र ९४ वटै वडामा कमिटी गठन भइसक्ने पार्टी जिल्ला सचिव अंकुर तिमिल्सिनाले बताए ।

‘यो महिनाभित्र जिल्लाभरका सबै वडाहरुमा वडा कमिटी गठन हुन्छ’, उनले भने, ‘त्यसपछि पालिकाहरुको अधिवेशन सुरु हुन्छ ।’ प्रत्येक वडामा निर्वाचन मार्फत २५ सदस्यीय कमिटी गठन गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्