| बुधबार, कार्तिक २५, २०८३

नेकपा एमालेद्वारा विकास निर्माणको कामप्रति गण्डकी गाउँपालिकाको ध्यानाकर्षण

नेकपा एमाले गण्डकी गाउँपालिका कमिटीले पालिकालाई ध्यानाकर्षण गराएको छ । गाँउपालिकाको समग्र विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायतका विषयमा ध्यानाकर्षण गराएको गाउँपालिका कमिटीका अध्यक्ष विष्णु पन्तले जानकारी दिए । सोमबार गाँउपालिकाका अध्यक्ष दीपक तिमिल्सिनालाई ध्यानाकर्षण पत्र बुझाएको उनले बताए ।

कमिटिले विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान गर्नुपर्ने, प्रत्येक विद्यालयमा सम्बन्धित तहको प्रधानाध्यापकको व्यवस्था गर्नुपर्ने, प्राविधिक तथा व्यवसायिक विद्यालयमा आवश्यक पूर्वाधारहरुको व्यवस्था गरिनुपर्ने जस्ता माग राखेका छन् ।

विकास आयोजना छनौट गर्दा राजनितिक आग्रह वा पूर्वाग्रह नभई भूगोल, जनसंख्या, आवश्यकता र सम्भाव्यतालाई आधार मानी ठेक्कापट्टा प्रणली भन्दा उपभोक्ता समितिमार्फत गराउने कार्यलाई प्रोत्साहन गराउनुपर्ने पार्टी अध्यक्ष पन्तले बताए । त्यसैगरी कर तथा सेवा क्षेत्रमा करको दरमा अत्याधिक वृद्धि गरिएको बिषयमा ध्यानाकर्षण गराएको उनले बताए ।

गाउँपालिका अध्यक्ष तिमिल्सिनाले विकास निर्माणमा एमाले गाउँपालिका कमिटीले देखाएको चासो र चिन्ता गाउँपालिकाको समग्र विकास र समृद्धिको लागि कोसेढङ्गुा साबित हुने बताए ।

प्रतिक्रिया दिनुहोस्