| बुधबार, कार्तिक २५, २०८३

अनेरास्ववियु जिल्ला कमिटि सचिवमा तामाङ, कोषाध्यक्षमा वानियाँ

नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी सचिवमा बिक्रम तामाङ र कोषाध्यक्षमा प्रतिमा वानियाँ मनोनित भएका छन् । शनिवार भएको जिल्ला कमिटि भेलाले उनीहरुलाई मनोनित गरेको हो ।

यसअघिका सचिव प्रमिला खड्का २३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएसँगै पद रिक्त रहेको थियो । सोही पदमा तामाङलाई मनोनित गरिएको अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष प्रताप ढकालले बताए ।

‘तामाङ जिल्ला कमिटि कोषाध्यक्ष थिए, सचिवमा मनोनित भएपछि कोषाध्यक्ष पद खालि भयो,’ उनले भने, ‘त्यो पदमा प्रतिमा बानियाँलाई मनोनित गरेका हौँ ।’ उनका अनुसार वानियाँ यसअघि जिल्ला कमिटि सदस्य थिइन् ।

प्रतिक्रिया दिनुहोस्