| सोमवार, अशोज १८, २०८३

एकीकृत अखिल नेपाल शिक्षक संगठनको धार्चेमा अन्तरक्रिया

एकीकृत अखिल नेपाल शिक्षक संगठन, धार्चे गाउँ कार्य समितिको आयोजनामा माछाखोलामा अन्तरक्रिया तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

संगठनको पालिका कार्यसमितिका अध्यक्ष धनमान गुरुङको अध्यक्षता तथा पूर्व राज्यमन्त्री छमबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका प्रमुख लक्ष्मण गुरुङ, उपप्रमुख सुनिला गुरुङ, प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनार, शिक्षा अधिकृत ताराप्रसाद आचार्य, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला समन्वय समितिका अध्यक्ष गणेशराज सेढाईँ, शिक्षक महासंघ, जिल्ला कार्य समितिका अध्यक्ष गोपालबाबु मरहट्टालगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्