
मनकामना केवलकार मंगलबार एकदिन बन्द हुने
मनकामना केवलकारको सेवा आउँदो असोज २० गते एकदिनका लागि बन्द हुने भएको छ । केवलकारको संचालक संस्था मनकामना दर्शन प्रालिले आइतबार एक सूचना जारी गर्दै मंगलबार एकदिनका लागि सेवा बन्द गर्न लागेको जनाएको हो ।
नियमित कार्यतालिका अनुसार केवलकारको टावर मर्मतसम्भार तथा सरसफाइ गर्नका लागि एक दिन सेवा बन्द गर्न लागिएको सूचनामा उल्लेख छ । त्यस्तै असोज २१ गते बुधबार बिहानदेखि साविकअनुसार नै सेवा सञ्चालन गरिने प्रालिले जनाएको छ ।




