
भीमोदय बहुमुखी क्याम्पसमा नेविसंघ इकाई समिति गठन
आरुघाट गाउँपालिकामा रहेको भीमोदय बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ(नेविसंघ) को इकाई समिति गठन भएको छ । बुधबार भएको भेलाले अविरल गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा मनकुमारी गुरुङ, सचिवमा सरला खनाल, कोषाध्यक्षमा आरति तिमिल्सना, सहसचिवमा नुरुजा बराम र सहकोषाध्यक्षमा सुस्मा परियार चयन भएका छन् ।
नेपाल विद्यार्थी संघ गोरखाका उपाध्यक्ष शिवहरि तिमिल्सनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस आरुघाट गाउँपालिकाका सचिव विशाल गुरुङ र रन्जन खनाल लगायत तरुण दलका मेघ गुरुङको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।




