| बुधबार, कार्तिक २५, २०८३

नेपाल विद्यार्थी संघ धार्चे इकाइको सभापतिमा उषा गुरुङ

नेपाल विद्यार्थी संघ धार्चे गाउँपालिका इकाइ समितिको सभापति उषा गुरुङ चयन भएकी छन् ।

नेपाल विद्यार्थी संघ धार्चे गाउँपालिका इकाइ समितिको बुधबारको प्रथम अधिवेशनले गुरुङको संयोजकत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

समितिको उपसभापतिमा आशा गुरुङ, सचिवमा रमेश गुरुङ, सह सचिवमा सन्तोष गुरुङ र कोषाध्यक्षमा सुन कुमारी गुरुङ चयन भएका छन् ।

समितिको सदस्यहरुमा गुनमाया गुरुङ, सुष्मा गुरुङ र सन्तमाया गुरुङ चयन भएका छन् । त्यस्तै, निरुता गुरुङ, बिक्नोस गुरुङ, सन्दिप गुरुङ, सुदिना गुरुङ, नरेश गुरुङ, लिला गुरुङ, सुलभ गुरुङ, इन्जिला गुरुङ र मिना गुरुङ चयन भएको नेपाली काँग्रेस धार्चे गाउँपालिकाले जनाएकोछ ।

पार्टीको वैठकमा स्थानीय सरकारको संचालन गरिरहेको कार्यहरुको समिक्षा गर्नुका साथै द्रव्यशाह बहुमुखी क्याम्पस प्रमुख माथि भएको आक्रमणको भत्र्सना गरिएको गाउँपालिका पार्टी सभापति सन्तोष गुरुङले बताए ।

राजा गुरुङको अध्यक्षता तथा पार्टीको महासमिति सदस्य तथा क्षेत्र नं १ को महिला सभापति फुलमाया गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल विद्यार्थी संघ गोरखा जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधि सुवास अधिकारी, पार्टीका धार्चे गापा सभापति सन्तोष गुरुङ, पार्टीका जिल्ला सदस्य तुलबहादुर गुरुङ, नेपाल तरुण दल धार्चेका ७ का सभापति राजु गुरुङ, नेविसघं जिल्ला सदस्य रोजन गुरुङ लगायतले प्रशिक्षण मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्