
गण्डकी माओवादी संसदीय दलको नेतामा हरिबहादुर चुमान
नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमानलाई चयन गरेको छ।
शनिबार र आइतबार बिहान बसेको माओवादी प्रदेश कमिटी बैठकले पार्टीको केन्द्रीय कमिटीको सल्लाहमा चुमानलाई सर्वसम्मत दलको नेता चयन गरेको हो।
तनहुँ १ (ख) बाट निर्वाचित चुमान अघिल्लो पटकको पनि दलको नेता हुन्। पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा उनी आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए। चुमान माओवादी केन्द्रका महासचिव देव गुरुङ निकट मानिन्छन्।




