| मङ्लबार, कार्तिक २४, २०८३

उम्मेदवार नै माओवादी केन्द्र प्रवेश गरेपछि राप्रपा नेपालले एमालेलाई सघाउने

राप्रपा नेपाल गोरखाले निर्वाचन क्षेत्र नम्वर २ का दुई वटै प्रदेश क्षेत्रमा नेकपा एमालेका उम्मेद्वारलाई समर्थन गर्ने भएको छ ।

पार्टीका अध्यक्ष कुलबहादुर बस्नेतले शनिवार विज्ञप्ति जारी गर्दै क्षेत्र नम्वर २ को प्रदेश क मा नेकपा एमालेका उम्मेद्वार राजु राना र क्षेत्र ख मा बसन्तकुमार गुरुङलाई समर्थन गर्ने निर्णय गरेको बताए ।

पार्टीको निर्णय अनुसार नेकपा एमालेका उम्मेद्वारलाई मतदान गर्न बस्नेतले अपिल गरेका छन् ।

दुबै प्रदेश क्षेत्रका राप्रपा नेपालका उम्मेद्वारहरु नेकपा माआवादी केन्द्र प्रवेश गरेका थिए ।

पार्टीको निर्णय विपरीत गतिविधि गरेकाले प्रदेश क का उम्मेद्वार सुवोध बस्न्यात र प्रदेश ख का उम्मेद्वार सफिदिन मियाँलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्