
गोरखाका कोलेनिका प्रमुखलाई तोक्यो आचारसंहिता अनुगमन अधिकृत
निर्वाचनको अवधीमा आचारसंहिता उलंघन भए÷नभएको बारे अनुगमन गर्न प्रमुख कोष नियन्त्रकलाई आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
समितिले जिल्लामा उम्मेदवार, राजनीतिक दल लगायतले निर्वाचन आचारसंहिता उलंघन गरे नगरेको अनुगमन गर्ने र कारवाहीकालागि निर्वाचन आयोगमा सिफारिस गर्ने उनले अनुगमन अधिकृत महेन्द्रप्रसाद भण्डारीले बताए ।
अनुगमन समितिमा मूख्य निर्वाचन अधिकृतको संयोजकत्वमा छ सदस्यीय समितिलाई जिम्मेवारी दिएको छ । जसमा प्रमुख जिल्ला अधिकारी सदस्य, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख र सदस्य सचिव जिल्ला निर्वाचन अधिकारीलाई तोकेको छ ।
अनुगमन समितिले आयोगले निर्धारण गरेको निर्वाचन आचारसंहिता बिपरितका काम नगर्न र गरेमा प्रतिवन्ध गर्ने काम गर्छ । आचारसंहिता पालना गराउन निर्देशन दिने कामपनि समितिको रहेको अनुगमन अधिकृत भण्डारीले बताए ।
निर्वाचन आचारसंहिता उलंघन गरेमा एक लाख जरिवानादेखि उम्मेदवारी रद्ध सम्म हुने प्रावधान छ ।




