| बुधबार, कार्तिक २५, २०८३

गोरखा र पालुङटारमा मतगणना जारी, अन्य पालिकामा सुरु हुन सकेन

गोरखा र पालुङटार नगरपालिका बाहेकमा मत गणना सुरु हुन सकेको छैन । गोरखा नगरपालिकामा शुक्रवार राती १२ बजेदेखि र पालुङटार नगरपालिकामा २ बजेदेखि मतगणना सुरु भएको हो ।


अन्य नौ वटा गाउँपालिकामा मत गणना सुरु भएको छैन । सर्वदलिय बैठक बसेर मत गणना सुरु गर्ने तयारी ८ वटा गाउँपालिकामा छ । चुमनुब्री गाउँपालिकामा भने मत पेटिका संकलन समेत हुन सकेको छैन ।

दुर्गमका वडाबाट मतपेटिका गाउँपालिकाको केन्द्र सिर्दिबास सम्म ल्याउन तीन दिन लाग्ने भएकाले सबै मतपेटिका ल्याएपछि मात्रै गणना सुरु हुने गाउँपालिकाका सहायक निर्वाचन अधिकृत भिमसेन श्रेष्ठले बताए ।


गोरखा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस बिजयी भएको छ । यस्तै मेयर उप मेयरमा नेपाली कांग्रेसको अग्रता छ ।
पालुङटार नगरपालिका वडा नम्बर १ को मतगणना चलिरहेको छ । वडा अध्यक्ष र मेयरमा जनता समाजवादी पार्टीले अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्