| बुधबार, कार्तिक २५, २०८३

गोनपा ६ र शहीदलखन ८ मा कांग्रेसको वडापार्टी कार्यालय उद्घाटन

गोरखा नगरपालिका ६ र शहीदलखन गाउँपालिका ८ मा नेपाली कांग्रेसको वडा पार्टी कार्यालय उद्घाटन गरिएको छ । नेपाली कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले बिहिवार दुबै वडाको पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।


शहीदलखन ८ का वडा सभापति इन्द्रराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिसस उपप्रमुख जानुका अधिकारी, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सह सचिव बिमल रम्तेल, क्षेत्रिय सचिव एवं वडा अध्यक्ष शरण श्रेष्ठ, प्रदेस सचिव भरत रेग्मी, गाउँपालिका सभापति काशिनाथ अम्गाई, क्षेत्रिय सभापति नारायणप्रसाद लामिछाने लगायतले मन्तब्य राखेका थिए ।


गोरखा नगरपालिका ६ का वडा सभापति अजितकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्