| आइतवार, कार्तिक २९, २०८३

दशैँ मेलाको उपसमितीहरु गठन

चुमनुब्रीको बर्खे सभा सम्पन्न धार्चेको अन्यौल

गोरखाका दुई दुर्गम गाउँपालिका चुमनुब्री र धार्चेमध्य चुमनुब्री गाउँपालिकाको बर्खे अधिवेशत तथा गाउँसभा सम्पन्न भएको छ । गत शुक्रबार सौहार्दपूर्वक सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप गिरीले जानकार िदिए ।
सभाका सदस्य सबैको उपस्थिति मा अन्त्य शान्त र सौहार्दपूर्वक अधिवेशन तथा सभा सम्पन्न भएको गिरीले जानकारी दिए ।
‘सबै वडा परिषदबाट आएका योजनाहरुलाई प्राथमिकीकरण गरेर योजना पास गरियो’ उनले भने, ‘असार १० गतेबाट सुरु भएको सभा तथा परिषद छ दिनसम्म चलेको थियो ।’ एमक्यापको स्थानीय समितिले उठाउने राजस्व पनि वडाअध्यक्षले नै लिने, २०४७ को ऐन अनुसार उनीहरुले उठाइरहेका, हामीले २०७२ को संविधान अनुसार हामीले लिने भन्ने छ । नियमावलीले दिएको छैन, निर्देशिकाले दिएको ।
स्थानीय सरकार सञ्चालन ऐन २०७२ मा स्पष्ट रुपमा स्थानीय तहलाई दिएको छ ।
राजस्व संकलनका बिषयमा भने अलमल भएको उनले बताए । ‘नयाँ ब्यबस्था अनुसार जडिबुटीहरुको राजस्व हामीले संकलन गर्नुपर्ने हो, तर पुरानो ब्यबस्था अनुसार एमक्यापको स्थानीय स्तरको समितिले संकलन गरिरहेको छ । त्यसलाई कसरी निष्कर्श निकाल्न सकिन्छ बहशको बिषय छ’ गिरीले भने ।
बिषयगत क्षेत्रको छलफलका क्रममा विवाद चर्केपछि स्थगित भएको धार्चे गाउँपालिकाको सभा भने कहिलेदेखि सुचारु गर्ने भन्ने बारे अन्यौल रहेको छ । ‘गत १२ गतेदेखि स्थगित भएको हो’ प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डेले भने, ‘१३ गते बिहान फेरि भेला हुने र एउटा निश्कर्षमा पुग्ने भन्ने थियो, त्यो बेला सबैजना भेला हुन सकेनन् ।’
आर्थिक विकास, पूर्वाधार विकास, सामाजिक विकास, वातावरण तथा विपद व्यबस्थापन, संस्थागत सुधार र सुशासन पाँच वटा बिषयमा सदस्यहरु बीच छलफल भएको थियो तर सहमति हुन नसकेपछि विवाद भएको हो । परिषद नौ गतेदेखि सुरु भएर १२ गतेसम्म चलेको थियो । योजना बाँड्ने क्रममा नीति तथा कार्यक्रम बीच तालमेल नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्