
जननेता भण्डारीको ६७ औं जन्मजयन्ती !
दरौँदी ः जननेता मदन भण्डारीको ६७ औं जन्मजयन्तीको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी गोरखाको आयोजना भएको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले नेपाल कम्युनिष्ट आन्दोलन मदन भण्डारीको योगदान चर्चा गरेका थिए ।
प्रदेश नं ४ का भौत्तिक पूर्वाधार मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रामशरण बस्नेतको प्रमुख आतिथ्यता र नेपाल कम्युनिष्ट पार्टीका यादव बस्नेतको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बारपाक सुलिकोट गाउंपालिका अध्यक्ष विष्णु भट्ट, नेपाल कम्युनिष्ट पार्टीका राम बहादुर ढकाल ,सम्झना देवकोटा ,जुद्धविलास भण्डारी ,भगवती तिवारी लगायतले बोल्नुभएको थियो । माओवादी केन्द्र र एमाले एकीकरण पछि बनेको नेपाल कम्युनिष्ट पार्टीको गोरखामा यो पहिलो कार्यक्रम हो ।




