एमाले गोरखाद्वारा शनिवार बिभिन्न ठाउँमा अगुवा कार्यकर्ता प्रशिक्षण
नेपाल कम्यूनिष्ट पार्टी एमाले सिरानचोक गाउँ पार्टीको आयोजनामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भएको छ । प्रशिक्षण कार्यक्रममा प्रमुख अथिति केन्द्रिय सदस्य रामशरण बस्नेतले स्थानीय चुनाव केन्द्रित हुन अगुवा कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा एमाले गोरखाका अध्यक्ष प्रेम गुरुङ, प्रदेश कमिटी सदस्य देवरा श्रेष्ठ, कमल दानी, चन्द्र भुजेल, जिल्ला कमिटी उपसचिव विशाल थापा, जिल्ला कमिटी सचिवालय सदस्य सुमन श्रेष्ठ लगायतको उपस्थिति रहेको जिल्ला सचिव काजीराम रोकाले बताए ।
यस्तै गोरखा नगरपालिका वडा नम्बर १० मा दुई सय ७७ जनाको उपस्थितीमा शनिवार प्रशिक्षणमुलक कार्यक्रम भएको छ । केन्द्रिय सदस्य सम्झना देबकोटा, सुरेन्द्रबहादुर थापा, काजिराम रोका लगायतले प्रशिक्षण दिएका थिए ।
शनिवार नै पालुङटार नगरपालिका १० मा प्रदेश समिति सचिवालय सदस्य बाबुराम थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा जिल्ला सदस्य पार्वती पाठक लगायतको उपस्थिती थियो ।
यस्तै अपाङ्गता संगठनको जिल्ला सम्मेलन पनि शनिवार नै भएको छ । केन्द्रिय सदस्य सम्झना देवकोटाको प्रमुख आथित्यता एवं प्रदेश सदस्य शिशिर खनालको विषेश उपस्थितीमा भएको सम्मेलनले दिपक बानियाँको अध्यक्षतामा नौ सदस्यिय जिल्ला कार्य समिति गठन गरेको एमाले गोरखाका सचिव काजिराम रोकाले बताए ।




