
भट्टराईको अध्यक्षतामा मसेल–काठमाण्डौँ सम्पर्क समिति गठन
भिमसेन थापा गाउँपालिका वडा नम्बर १ मसेलबाट काठमाण्डौँ गई बसोबास गर्दै आएका नेपाली कांग्रेसमा आस्था राख्नेहरु संगठित भएका छन् ।
स्थानीयको एक भेलाले मीनप्रसाद भट्टराईको अध्यक्षतामा २७ सदस्यिय सम्पर्क समिति गठन भएको छ ।
विश्व भट्टको अध्यक्षतामा भएको अधिवेशन कार्यक्रममा प्रमुख अथिति नेपाली कांग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठले प्रजातान्त्रीक बिचार भएकाहरु एक ठाउँमा भएर देश बिकासका लागि अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा जगत बराम, फणिन्द्र भट्ट, रोशन गुरुङ, रामकृष्ण सिम्खडा, गुप्तबहादुर बानियाँ लगायतले मन्तब्य राखेका नेपाली कांग्रेस भिमसेन थापा १ मसेलका वडा सचिव सित्तल गुभाजुले बताए ।




