| बुधबार, कार्तिक २५, २०८३

अजिरकोटमा कांग्रेसको निर्वाचन केन्द्रित कार्यक्रम

अजिरकोट गाउँपालिकामा नेपाली कांग्रेसको पालिकास्तरीय निर्वाचन केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भच्चेक बजारमा आइतबार जिल्ला कार्यसमिति र अजिरकोट गाउँपालिकाको बीचमा अन्तरक्रिया कार्यक्रम भएको प्रवक्ता भगवानवावु मास्केले जानकारी दिए ।


कार्यक्रममा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारीका बारेमा छलफल भएको प्रवक्ता मास्केले बताए ।
सोही कार्यक्रमकै अवसरमा नेपाली कांग्रेस अजिरकोट गाउँपालिकाको पार्टी कार्यालय उद्घाटन गरिएको छ । पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डले पार्टीका कार्यालयको उद्घाटन गरेको मास्केले जानकारी दिए ।


नेपाली कांग्रेस अजिरकोट गाउँपालिका अध्यक्ष जंगबहादुर गुरुङ अध्यक्षता तथा केन्द्रीय सदस्य सरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष फणिन्द्रप्रसाद धिताल, गण्डकी प्रदेश सदस्य मनकुमारी गुरुङ, प्रकाशचन्द्र दवाडी, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, पार्टीका प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठ, पुर्व केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य कमला पन्त, केन्द्रीय सदस्य अब्दुल सतार, केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्