| बुधबार, कार्तिक २५, २०८३

जसपा चुनावी दौरानमा, धार्चे गाउँपालिकास्तरीय चुनाव प्रचारप्रसार समिति गठन


वैशाख ३० गते हुने स्थानीय चुनावमा पार्टीलाई जिताउन जनता समाजवादी पार्टी(जसपा) गोरखाले चुनावी कार्यक्रमहरु आयोजना गर्न थालेको छ । जिल्लास्तरको चुनाव प्रचार प्रसार समिति गठन गरेको जसपा गोरखाले बिहिबार धार्चे गाउँपालिकास्तरको चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।


गाउँ पार्टी कमिटीका अध्यक्ष विश्व गुरुङको संयोजकत्वमा समिति गठन गरिएको पार्टीका जिल्ला सचिव विपिनचन्द्र ढकालले जानकारी दिए । सबै पालिकामा चुनाव प्रचारप्रसार समिति गठन गर्ने नीति अनुसार धार्चेमा बिहिबार पाँचसय एक सदस्यीय समिति गठन गरिएको हो ।


माछाखोलामा बिहिबार आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य रोहिणीप्रसाद पाण्डे(रोहित), जिल्ला अध्यक्ष यानप्रसाद भट्ट, उपाध्यक्ष राजेन्द्र पराजुली, जिल्ला सदस्य कुलमान गुरुङ, डिलबहादुर विश्वकर्मा, कुमार तिवारीलगायतले कार्यकर्तालाई प्रशिक्षित गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्