
कांग्रेस गोरखाको क्षेत्रीय समितिको कोषाध्यक्षमा गणेश गुरुङ
नेपाली कांग्रेस क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिको कोषाध्यक्षमा गणेश गुरुङ चयन भएका छन् ।
क्षेत्रीय कार्यसमितिको बिहिबार सम्पन्न बैठकले क्षेत्रीय कार्यसमितिको कोषाध्यक्षमा गुरुङलाई चयन गरेको हो । क्षेत्रीय सदस्य धार्चे ७ लापुका गणेश गुरुङलाई क्षेत्रीय समितिको कोषाध्यक्षमा चयन गरेको क्षेत्रीय समितिका सचिव शरण श्रेष्ठले जानकारी दिए ।
साथै बैठकले सात सदस्यीय कार्य सम्पादन समिति पनि गठन गरेको छ । क्षेत्रीय समितिको कार्य सम्पादन समितिमा सञ्जिव पुडासैनी, राजन श्रेष्ठ, वन्दना लामिछाने, सुनील लामिछाने, भाइकाजी आले, डम्बरबहादुर श्रेष्ठ र गीता दाहाल रहेका सचिव श्रेष्ठले जानकारी दिए ।




