| बुधबार, कार्तिक २५, २०८३

एमसिसीविरुद्ध एकीकृत समाजवादी पार्टीद्वारा गोरखामा पनि विरोध प्रदर्शन


अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) सम्झौता खारेजीको माग गर्दै एकीकृत समाजवादी निकट जनवर्गीय संगठनहरुले गोरखा पनि विरोध प्रर्दशन गरेका छन् ।

आईतबार गोरखाको हरमटारी चोकमा विरोध प्रदर्शन गरेको हो । सो प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, ‘एमसीसी खारेज गरौं, गो ब्याक एमसीसी’, लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


विरोध कार्यक्रममा बोल्दै एकीकृत समाजवादी पार्टीका गोरखा जिल्ला अध्यक्ष यादब बस्नेतले एमसीसी संसदबाट पारित गरे राष्ट्रघात हुने बताए ।

कार्यक्रममा नेता जुद्धविलास भण्डारी, अनेमसंघ समाजवादीकी केन्द्रीय सदस्य तथा गोरखा जिल्ला सह–इन्चार्ज सानुमाया बस्नेत, पार्र्टीका जिल्ला उपाध्यक्ष टेकराज भट्ट, समाजवादी युवा संघका जिल्ला अध्यक्ष शिवराज पौडेल, अनेरास्ववियुका अध्यक्ष सचिन भट्टराईलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्