
गोरखाका प्रेम खत्रीले कांग्रेस केन्द्रिय सदस्यबाट उम्मेदवारी फिर्ता लिए
गोरखाका युवा नेता प्रेमकुमार खत्रीले कांग्रेस केन्द्रिय सदस्यबाट उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्रिय समितिमा उम्मेदवारी दर्ता गराएका खत्रीले आज उम्मेदवारी फिर्ता लिएका हुन् ।
उनले भने ‘मैले उम्मेदवारी फिर्ता लिएँ, अन्तिम समयमा भाईवरबाट उम्मेदवारी फिर्ताको निवेदन पठाएको हुँ ।’ यस अघि कांग्रेसका शिर्ष नेताको आश्वासन पाएका उनले अन्तत टिममा नअटेपछि फिर्ता लिएको बताए ।
उम्मेदवारी फिर्ता लिएपछि आफ्नो प्रचार सामग्री पनि सबै हटाएको उनले बताए । ‘प्रचार सामग्रीले फोहोर नहोस् भनेर आफैँले हटाउनु लगाएको छु’ उनले भने ।




