| मङ्लबार, कार्तिक २४, २०८३

कांग्रेस कार्यकर्ताद्वारा मतदान केन्द्र सरसफाई

नेपाली कांग्रेसका कार्यकर्ताले मतदान सकिएलगत्तै मतदानस्थल वरपर भएको प्रचार सामग्री ब्यवस्थापन गरेका छन् ।


दुवै क्षेत्रको मतदानकेन्द्रमा टाँगिएको व्यानर, पोष्टर, पम्प्लेटका कारण ती क्षेत्र यति अस्तब्यस्त देखिन्थे कि, यी प्रचार सामग्री सम्बन्धित नेता, कार्यकर्ताले हटाउलान् कि यत्तिकै छाड्लान् भन्ने आम जनमानसमा पिरलो थियो ।


तर जब मतदान समय सकियो, नेता, कार्यकर्ताहरु प्रचार सामग्री सफा गर्न खटिए । उनीहरुले प्रचार सामग्री सरसफाइ गरेर दुवै मतदानकेन्दमा पन्छाए ।
क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधिका उम्मेदवार ओम गुरुङको नेतृत्वमा युवाहरुले सरसफाई गरे भने क्षेत्र नम्बर १ को मतदान स्थल वरपर क्षेत्रिय सचिव शरण श्रेष्ठ र सुमन कार्कीको अगुवाईमा सरसफाई गरिएको थियो ।

महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार प्रेम खत्रीले मतदाताको सुरक्षाका लागि स्वास्थ्यकर्मी सहितको हेल्थ डेक्स राखेका थिए । साथै उनले पानी पनि निशुल्क बितरणको ब्यवस्था गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्