| मङ्लबार, कार्तिक २४, २०८३

शहीदलखन १, २, ३, ५ र गोनपा २ मा तरुण दलको वडा समिति गठन

शहीदलखन गाउँपालिकाको चारवटा वडा र गोरखा नगरपालिका २ मा आईतवार नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको वडा समिति गठन गरिएको छ ।
वडा नम्बर १ मा बालकृष्ण अर्याल, २ मा सबिन श्रेष्ठ, ३ मा सरोज दुवाडी, ५ मा काजि थापा मगरको अध्यक्षतामा समिति गठन गरिएको तरुण दलका जिल्ला उपाध्यक्ष मनोज देवकोटाले बताए ।


वडा नम्बर २ मा कांग्रेसका वडा सभापति भिमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति कांग्रेस नेता जिवनप्रेम श्रेष्ठ, विषेश अथिती तरुण केन्द्रिय बिभाग सदस्य ध्र्रुब पन्त, उद्योग बाणिज्य बिभाग सदस्य प्रेम कुमार श्रेष्ठ,तरुण दलका जिल्ला उपाध्यक्ष मनोज देवकोटा, वडा नम्बर १ का वडा सभापति टोपबहादुर आले, वडा नम्बर ३ का दिपक पाण्डे, ५ का सभापति रितबहादुर थापा लगायतले मन्तब्य राखेका थिए । जिल्ला सदस्य सुरेन्द्र कुमाल, बिनोद पन्त, तरुण दलका क्षेत्र नम्बर २ प्रदेश ‘क’ संयोजक किरण आले लगाएतको उपस्थिती थियो ।


तरुण दलका जिल्ला उपाध्यक्ष मनोज देवकोटाले तरुण युवाहरु राजनीतिक आन्दोलन र अभियानमा होमिने मात्र नभई नेतृत्वदायी भुमिकामा पनि अघि बढ्नुपर्ने बेला भएकाले सबैलाई सक्रिय हुन अनुरोध गरे ।


यस्तै गोरखा नगरपालिका वडा नम्बर २ का वडा सभापति तिलकबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती नेपाली कांग्रेसका नेता राजनराज पन्तको प्रमुख आथित्यता रहेको थियो । नेता पन्तले तरुण युवाहरु देशको ढुकढुकी रहेको बताउँदै कांग्रेसले युवाहरुलाई साथसाथै लिएर देश बिकासमा अघि बढाउँदै आएको बताए । आईतवार भएको भेलाले खुमबहादुर थापाको अध्यक्षतामा तरुण दलको वडा समिति गठन गरेको छ ।

उक्त कार्यक्रममा कांग्रेसका नगर सभापति चन्दनबाबु खत्री, रहमतुल्ला मियाँ, तरुण दलका जिल्ला अध्यक्ष आनन्द गुरुङ (काजि), तरुण दलका वडा नम्बर २ का अध्यक्ष खुमबहादुर थापा, तरुण दलका क्षेत्रिय सभापति प्रबिण बस्नेत, गोरखा नगर सभापति दिपक थापा मगर, तरुण दलका धार्चे गाउँपालिका संयोजक पुष्कर गुरुङ लगायतले मन्तब्य राखेका थिए ।


तरुण दलले हरेक पालिकाको वडा–वडामा समिति गठनलाई तिब्रता दिएको छ । तरुण दलका जिल्ला अध्यक्ष आनन्द गुरुङ (काजी) ले केही पालिकामा वडा स्तरको समिति गठन सकिएको र केहीमा चलिरहेको बताए ।

‘युवाहरु राजनीतिमा रुची राख्नुपर्छ, सक्रिय हुनुपर्छ, देशको सासन ब्यवस्था चलाउने क्षमता युवामा पनि छ’ उनले भने ‘राजनीति सँग बितृष्ण राख्ने होईन, सुधार गरेर नेतृत्व गर्नुपर्छ भन्ने मान्यताले हामी अघि बढेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्