| मङ्लबार, कार्तिक २४, २०८३

लापुमा तरुण दल गठन

धार्चे गाउँपालिका वडा नं. ७ लापुमा नेपाली काङ्ग्रेसको युवा संगठन तरुण दल गठन गरिएको छ । लापुमा सम्पन्न पार्टीका युवाहरुको भेलाले राजु गुरुङको सभापतित्वमा २९ सदस्यीय तरुण दल गठन गरेको हो ।


जसको उपसभापतिमा जेनिस गुरुङ र छमबहादुर गुरुङ, सचिवमा युनिक गुरुङ र बुधबहादुर गुरुङ, सहसचिवमा मैते गुरुङ र दिनेश गुरुङ, कोषाध्यक्षमा आमबहादुर गुरुङ रहेका छन् ।


नेपाली काङ्ग्रेस धार्चे ७ का नवनिर्वाचित वडा समिति सभापति सन्दवीर गुरुङको अध्यक्षता तथा तरुण दल धार्चे गाउँपालिका संयोजक तथा जिल्ला सदस्य पुष्कर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्