| आइतवार, कार्तिक २९, २०८३

Prakash Chandra dawadi

सांसद दवाडीको बारपाक सुलिकोटमा सहयोग नै सहयोग

दरौँदी ः नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश ख का सांसद प्रकाशचन्द्र दवाडीले सांसदबापत् पाएको तलबभत्ता विभिन्न समाजसेवामा सहयोग गरेका छन् ।
दवाडीले बारपाक सुलिकोट गाउँपालिका–७ मा रहेको शैलपुत्री माध्यामिक विद्यालयमा रु ५५ हजार पाँच सय ५५ को अक्षयकोष स्थापना गरेका हुन् । सोही अक्षयकोषबाट आउने व्याजबाट गरिब तथा जेहन्दार छात्रछात्रालाई छात्रावृत्ति प्रदान गर्ने समेत उनले घोषणा गरेको नेपाल विद्यार्थी संघका नेता सुवास अधिकारीले जानकारी दिए ।

दवाडीले बारपाक सुलिकोट गाउँपालिकाको विभिन्न क्षेत्रमा आफुले पाउने सेवासुविधा बापतको रकम समाज सेवामा खर्चेका हुन् । सांसद दवाडीले  गोरखाको सुलिकोट गाउँपालिका–८ पन्दुङ तिनखाँडेमा रहेको शिव मन्दिर पुननिर्माणका लागि सहयोग गरे । उनले मन्दिर पुननिर्माणका लागि रु ५० हजार सहयोग गरेको अधिकारीले जानकारी दिए ।

यस्तै बारपाक सुलिकोट –७ स्थित पाँचखुवा देउरालीको अमले गाँउमा रहेको जनचेतना आमा समूहलाई रु १५ हजार आर्थिक सहयोग गरेको अधिकारीले जानकारी दिए ।

सांसद दवाडीले यसअघि जेठ ७ गते सिरानचोक गाउँपालिका वडा नं ७ मा स्थित जनकल्याण माध्यामिक विद्यालय श्रीनाथकोटमा रु ५५ हजार पाँच ५५ को अक्षयकोष स्थापना गरिसकेका छन् । सोही अक्षयकोषबाट आएको व्याजले गरिब तथा जेहन्दार विद्यार्थीलाई पोशाक, कापी, कलम तथा छात्रवृद्धि प्रदान गरिने सांसद दवाडीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्