
प्रदेश ४ को अधिवेशन जेठ १६ गते हुँदै
प्रदेश ४ को वर्षे अधिवेशन यही जेठ १६ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले जेठ १६ गतेदेखि प्रदेश सभाको दोस्रो अधिवेशन (वर्षे अधिवेशन) आहृवान गरेका हुन् ।
प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिसका आधारमा प्रदेश प्रमुख कुँवरले वर्षे अधिवेशन जेठ १६ गतेदेखि आहृवान गरेको प्रदेश प्रमुखको कार्यालयका उपसचिव जीवनकुमार राईले जानकारी दिए । प्रदेश ४ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को जेठ २ गते बसेको बैठकले प्रदेश प्रमुखलाई वर्षे अधिवेशन आहृवानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
सो निर्णय मन्त्रिपरिषद्को कार्यालयले जेठ ७ गते सोमबार प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुखले संविधानको धारा १८३ बमोजिम सभाको अधिवेशन आहृवान र अन्त्य गर्नुपर्ने प्रावधान छ ।




