
वी पी कोइराला युवा नेतृत्व विकास मञ्च गठन
दरौँदी समाचारदाताः वी पी कोइराला युवा नेतृत्व विकास मञ्च गोरखाको समिति विस्तार गरिएको छ । विनोद पाण्डेको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा गोमा ढकाल, सचिवमा राजेन्द्रराज पाण्डे, सह सचिवमा विकास भट्ट र कोषाध्यक्षमा देबेन्द्रजंग कुँबर चयन भएका छन् ।
मञ्चको सदस्यहरुमा विमला अम्गाईं, सन्तोष दवाडी, दिलबहादुर गुरुङ्ग ‘रिदम’, पवन अधिकारी र आशमान लामा रहेका छन् ।
त्यस्तै सदस्यहरुमा विकास खनाल,राजेश श्रेष्ठ, उमेश खनाल, अफजल मियाँ, विमल रम्तेल, मोनिका गुरुङ्ग, सुनिल गुरुङ्ग, सुजन भट्ट र मोहन पुलामी मगर रहेका छन् ।




