
विज्ञान तथा प्रविधि प्रतिष्ठानमा व्यापारी राख्ने विधेयक सच्याउन सांसद दवाडीद्वारा संशोधन प्रस्ताव दर्ता
गण्डकी प्रदेशमा विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना र सञ्चालन गर्न बनेको विधेयकमा काङ्ग्रेसले संशोधन प्रस्ताव दर्ता गरेको छ ।
मंगलबार पेश गरिएको प्रस्तावमा कांग्रेसका तर्फबाट सांसद प्रकाशचन्द्र दवाडीले संशोधन प्रस्ताव दर्ता गरेका हुन् । संसदमा पेश गरिएको प्रस्तावित विधेयकमा विज्ञान तथा प्रविधि प्रतिष्ठानमा व्यापारी, व्यवसायीमध्यबाट एक जना सहभागी हुने उल्लेख थियो । त्यसमा सांसद दवाडीले विज्ञान तथा प्रविधि प्रतिष्ठानमा व्यापारी, व्यवसायी आवश्यक नपर्ने दाबी गर्दै संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।
संविधानको धारा र अन्य ऐनसंग मिल्ने बनाउन उनले प्रस्ताब गरेका छन् । उनले दर्ता गरेको संशोधन प्रस्तावमा भागवत प्रकाश मल्लको समर्थन छ ।
संसको सुन्य समयमा बोल्दै सांसद दवाडीले गोरखा, बारपाक सडकको जरेबरदेखिको खण्डमा अहिलेसम्म पनि कालोपत्रे हुन नसक्दा यात्रुले सास्ती पाएकोतर्फ संसदको ध्यानाकर्षण गराएका थिए । आजभन्दा दुईबर्षअघि नै कालोपत्रे भइसक्नुपर्ने सो सडक अहिलेसम्म पनि अलपत्र परेको भन्दै सो खण्डमा काम गर्ने ठे्रक्का लिएका ठेकेदारलाई कारबाही गरी तत्काल अर्को ठेक्का गरेर काम अघि बढाउन उनले जोड दिएका थिए ।
त्यस्तै बारपाक सुलीकोट गाउँपालिका २ को मान्द्रे गाउँ र त्यहाँको विद्यालयमा खानेपानीको असुविधातर्फ पनि उनले ध्यानाकर्षण गराएका थिए । घरघरमा खानेपानी सुविधा पर्याउने भनेर सरकारी मन्त्रीहरुले बारम्बार भाषण गर्ने गरे पनि भूकम्पको केन्द्रविन्दू बारपाकको मान्द्रेमा भएको पानीको समस्याप्रति कसैको ध्यान नगएको उनले आरोप लगाए ।
पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि पोखरासम्मको सडकमा ठाउँठाउँमा भएको खाल्डाखुल्डीतर्फ प्रदेश सरकारको ध्यान नपुगेको भन्दै उनले यथासीघ्र खाल्डाखुल्डी पुरेर सडकमा सहज सवारीको वातावरण बनाउन आग्रह गरे ।




